हराएको शिशु स्याङ्जामा फेला, अपहरणकारी महिला पक्राउ

हराएको शिशु स्याङ्जामा फेला, अपहरणकारी महिला पक्राउ

पाल्पा २८ असार। लुम्बिनी मेडिकल कलेज शिक्षण असप्तालमा जन्मिएको चार घण्टा पछि नै हराएको शिशु फेला परेको छ। प्रहरीले उक्त शिशुलाई स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा फेला पारेको हो । शिशु अपहरण गरेको आरोपमा प्रहरीले एक महिला पक्राउ परेकी छन् । शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार महिलालाई सिसिटिभि फुटेजको आधारमा प्रहरीले पक्राउ गरेको हो ।

शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन ।उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले बताए । सापकोटाका अनुसार महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य छ । चार दिनदेखि सुत्केरी वार्डमा रहेकी अपरिचित महिलाले शुक्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा लिएर फरार भएकी थिइन् । त्यसबेलामा सुत्केरी जमुना भने अचेतजस्तै थिइन् ।

बच्चा हराउनेवित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा प्रहरीले खोजी थालेको थियो । सिसिटिभी फुटेजको आधारमा महिलाको हुलिया पत्ता लगाएर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।healthykhabar.combata

Leave a Reply

Your email address will not be published. Required fields are marked *