छोरीले स्तन टोकी दिंदा आमालाई क्यान्सर! पैसा नहुँदा हस्पिटलको बेडमा छट्पटाउँदै (भिडियोसहित)

छोरीले स्तन टोकी दिंदा आमालाई क्यान्सर! पैसा नहुँदा हस्पिटलको बेडमा छट्पटाउँदै  (भिडियोसहित)

रुपनी जि.एम – तीन वटा मसिना नानीबाबुहरु छोडेर आको छु । के गर्दैछन् ? थाहा छैन । परिक्षा दिए कि दिएनन् ? यो भनाई हो क्यान्सरले ग्रस्त अस्पतालको बेडबाट आफ्ना बालबच्चाहरुको सम्झनामा छटपाटाई रहेकी आमा चन्द्रकलाको । जब उनलाई भेट्न भक्तपुर क्यान्सर अस्पताल पुगें मसंगको पहिलो वाक्य नै यही थियो चन्द्रकलाको । उमेरले ४५ लागेकी चन्द्रकला पाँचथर याङवक गाउँपालिका वडा नं. २ धिमाले गाउँकी हुन् । उनी यतिबेला भक्तपुर क्यान्सर अस्पतालको १३८ नं. बेडमा स्तन क्यान्सरको पीडामा छटपटाई रहेकी छन् ।आज भन्दा ३ वर्ष पहिले नै कान्छि छोरीले दुध चुसिरहंदा दुधको मुन्टामा टोकिदिएको बताउँछिन् चन्द्रकला । छोरीले दुधको मुन्टा टोकेकै निहुँमा अहिले उनको देव्रे दुधमा क्यान्सर भएको छ । शुरुवाती दिनमा सामान्य दुखाईलाई त्यति मतलब नगरेको र अलि अलिको दुखाईलाई स्वास्थ्य चौकिको औषधि खाएरै निको पारि बसेको बताउँछिन् उनी । २ छोरी र १ छोरा गरी ३ सन्तानकी आमा चन्द्रकलाको आर्थिक अवस्था निकै नै नाजुक भएको उनी स्वयम र उनका श्रीमान बेन बहादुर बेघा लिम्बु बताउँछन् । उनका श्रीमान बेनका अनुसार अलिअलि भएको जग्गा जमिन साहुकोमा बन्धकमा छ । बैंक अकाउन्टको त कुरै नगरौं । श्रीमतिलाई अस्पतालसम्म ल्याउनकालागि बेघा समाज र भतिज ख्यामको साहायताका ल्याएको छु । बेन भन्छन्, “मसंग साथमा १ रुपैंया पनि छैन जे जति छ त्यो सबै सहयोगकै भरमा छ र उपचार रकम पनि सहयोगकै भरमा हुनेछ । हुने हार दैव नटार भनेझैं वास्तवमा जे हुनु छ त्यो भएरै छाडछ । चन्द्रकला र बेनको जीवनमा पनि यो भनाईले सार्थकता पायो । चन्द्रकला बेनको दोश्रो श्रीमती हुन् । पहिलो श्रीमतीको मृत्यु पछि बेनले चन्द्रकलालाई बिबाह गरेका हुन् । श्रीमतीले मात्रै छोडेर गए त किन पो बिहे गर्ने थिएँ र उनीबाट जन्मिएका सबै सन्तानले पनि छोडेर गएको हुनाले मैले दोश्रो बिहे गरेको हुँ । भावुक हुँदै बेन अगाडी भन्छन्,“उनीहरुकै काज क्रिया गर्दा लागेको खर्चमा मेरो जायजथा सबै साहुकोमा बन्धक छ ।

भनिन्छ जे हुन्छ राम्रैकालागि हुन्छ तर बेन र उनको जीवनमा जे भयो त्यो राम्रोकालागि कहिल्यै भएन । पहिलो श्रीमती र सन्ताको मृत्य पश्चात उनले जीवन एक्लै नकट्ने ठानेर चन्द्रकलालाई बिहे गरे । चन्द्रकलालाई बिहे गरेपछि श्रीमती र छोराछोरी त उनले पाए तर सुख भने कहिल्यै पाएनन् । साँझ बिहानको छाक टार्नकोलागि मज्दुरी गर्न बाहेक अरु कुनै उपाए नभएको बेनको परिवारमा क्यान्सर जस्तो डरलाग्दो रोगले बास गरि दिंदा उनीहरु कसरी बाँचेका छन् त्यो उनीहरु नै जान्दछन्। बेनले हामीसंग मात्र हैन उनलाई भेट्न जाने सबैसंग आफ्नो श्रीमतीको उपचार खर्चकालागि हात जोड्दै आर्थिक सहयोग माग्न पछि पर्दैनन् । दुखेसो पोख्दै बेनले आफ्ना कुरा यसरी सुनाए,“घर जग्गा साहुकोमा बन्धक छ । बालबच्चा घरमा अलपत्रै छाडि आएका छौं । क्रणले टुप्पि नाघ्यो । श्रीसम्पत्ति भनेकै मेरो श्रीमती र छोराछोरी हुन् ।

मेरो श्रीमतीलाई केही भयो भने परिवार बिजोगमा पर्छ । मेरो श्रीमतीलाई बचाई दिनुहोस् । यीनै वाक्याशंहरु प्रयोग गर्दै बेनले श्रीमती बचाईदिन अपिल गरेका थिए ।जब चन्द्रकलाको क्यान्सर लागेको स्तनको फोटो मेरो म्यासेन्जरमा आई पुग्यो त्यो फोटो हेर्दा मेरो मुटु नै कापेको थियो । क्यान्सर लागेको उनको स्तन हेर्ने त्यो साहास मसंग नभएरै धेरै पटक आखाँ चिम्लदै र खोल्दै उनको त्यो पीप र रगत बगेको स्तनको फोटो हेरेकी थिएँ मैले । हेर्दा मात्रै त मलाई असैह्य पीडा भएको थियो भने भोग्ने उनलाई कति पीडा सहनु परेको छ होला त्यसको अनुमान म सजिलै लगाउन सक्छु ।एकातिर क्यान्सरले थला परेर अर्काको भरमा अस्पतालको बेडमा पल्टनुको पीडा । अर्कोतिर घरमा साना नानीहरुलाई एक्लै छोडेर आउनुको पीडा । यो दुवै पीडाले चन्द्रकलालाई झनै थला पारेको छ । मसंगको कुराकानीको दौडानमा उनले केवल १÷२ पटक आखाँ उघारेकी थिईन् । प्राय कुराकानीकै क्रममा पीडाले निकै नै दुःख दिँदा उनले आखाँ चिम्लदै र निधारमा गाँठो पार्दै जीवन र मृत्युको कथा छटपटाउँदै भए पनि मलाई सुनाएकि थिईन् ।उनको छटपटाईलाई हेर्दा मलाई दुखेको थियो भने उनलाई कति दुखेको हुँदो हो त्यस्को महसुस मैले कल्पनामा पनि गर्न सक्दिन । त्यस्तो पिडामा पनि चन्द्रकलाले आफ्ना बालबच्चालाई सम्झन छोडिनन् । रुँदारुदै भक्कानीएको आवाजलाई गला भित्र दबाउँदै गहभरि आँशु पारेर सुनाईन् मन भत्रिका कुरा,“हिंड्ने बेलामा नानीहरुले आमा कहिले फर्किन्छौ भनेर सोध्दै थिए, मैले भने २÷३ दिनमै फर्किन्छु । राम्ररी बस्नु ल ! परिक्षा नछुटाउनु ।” दबिएको स्वरलाई दबाएरै लामो सास फेरेर सुस्केरा हाल्दै भनिन्,“खै कसो गरि बसेका छन् । आउँदा दिदीको जिम्मा लाएकी थिएँ ।etajakhabar.combata

आमाको मायालाई संसारको कुनै पनि कुराले जित्न सक्दैन भनेको सायद यही होला । क्यान्सर जस्तो डरलाग्दो रोगले सही नसक्नु पीडा दिंदा पनि अस्पतालको बेडमा छोराछोरीको पीडामा बेसी छट्पटाई रहेकी छन् चन्द्रकला । जीवन र मृत्युको दोधारमा छिन् चन्द्रकला । आफ्नो उपचारकालागि उनीसंग पैसा छैन रपनि छोराछोरीको पढाई र भविष्यप्रति सुर्ताउँदै छिन् चन्द्रकला ।पीडालाई लुकाएर हाँस्ने मान्छे संसारमा बिरलै पाईन्छन् भन्ने सुनेकी थिएँ । त्यो मैले चन्द्रकलाको विशेषतामा भेटें । देव्रे दुधबाट पिप र रगत बगेर उनको देव्रे पाटो पुरै भिज्दा पनि उनी हाँस्दै थिईन् अनि भन्दै थिईन्,रोएर पनि के गर्नु ? कति रुनु ? रोएर केही हुँने रहेनछ । मलाई त मेरो भन्दा पनि छोराछोरीकै चिन्ताले मारिरहेको छ ।त्यस्तो दुखाईमा पनि उनी हाँसिरहेको देख्दा म भन्न सक्छु उनको आत्माबलले उनलाई चाँडै नै निको बनाउने छ र उनी छिट्टै नै घर फर्किएर छोराछोरीलाई अंगालो हाल्नेछिन् । सलाम छ चन्द्रकला तपाँईको त्यो अदम्य साहासलाई । यही लेखबाट यो लेखिकाको अपिल छ ज–जस्ले यो लेख पढ्नु हुनेछ तपाँई सबैले आफु सक्दो चन्द्रकलालाई उपचार खर्चकालागि आर्थिक सहयोग गरिदिनु होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *