तरकारीवालिले गरिन बिहे!हेर्नुहोस् को सँग

तरकारीवालिले गरिन बिहे!हेर्नुहोस् को सँग

तरकारीवालीको नाममा कुनै समय सामाजिक सञ्जालमा व्यापक चर्चामा रहेकी कुसुम श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएकी छिन् ।तरकारीवाली मसीर ६ गते शुक्रबार (हिजो) विवाह बन्धनमा बाँधिएकी हुन् । उनले विहे गरेको फोटो सामाजिक सञ्जालमा शेयर गरिएका छन् ।

गोरखाको भुम्लीचोककी कुसुम श्रेष्ठले डोकामा तरकारी बोकेर खोला तर्दै गरेको फोटो पर्यटन व्यवसायी रूपचन्द्र महर्जनले सामाजिक सञ्जालमा अपलोड गरेसँगै ‘तरकारीवाली’ को चर्चा चुलिएको थियो ।त्यपछि त उनी ‘सेलेब्रिटी’नै बनिन् । यसपछि उनलाई म्युजिक भिडियो र फिल्म खेल्ने अफर आयो । तर, उनले सबैलाई अस्विकार गरिरहिन् । रत्ननगरको टाँडीमा १२ पढ्दै गरेकी उनले ‘पढाइ बिग्रिने डरले’ म्युजिक भिडियो र फिल्ममा रुचि नदेखाएको बताइन् तर उनले पछि गोपालचन्द्र लामिछानेले निर्देशन गरेको फिल्म लम्फुमा खेलिन् । तर फिल्मले उनलाई चर्चा दिलाउन सकेन ।

फिल्म फ्लप भयो ।त्यसपछि उनले पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ मा अभिनय गरिन् । युट्युवमार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी थिइन् ।तरकरीवालीको नाममा चर्चामा रहेकी कुसुम पछिल्लो समय गुमनाम थिइन् । उनले शुक्रवार धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी छिन् ।khabarhub.combata

Leave a Reply

Your email address will not be published. Required fields are marked *