न्युजिल्याण्ड फाइनलमा ! भारत विश्वकपबाट बाहिरियो किन? कारण

न्युजिल्याण्ड फाइनलमा ! भारत विश्वकपबाट बाहिरियो किन? कारण

काठमाण्डौ: इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारत पराजित हुदैँ विश्वकपबाट बाहिरिएकाे छ । बर्षाले स्थगित भएकाे अाज भएकाे खेलमा भारत १८ रनले पराजित भउकाे हाे । न्युजिल्याण्डसंग पराजित भारत विश्वकपबाट बाहिरिएकाे छ ।

म्यानचेस्टरमा न्युजिल्याण्डले दिएको २४० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरिरहेको भारतले खराब सुरुवात गरेको थियाे । भारतले मात्र ५ रन जोड्दा ३ विकेट गुमाइसकेको थियाे । भारतले कप्तान विराट कोहली, रोहित शर्मा र लोकेश राहुललाई समान १/१ रनमा गुमाएको भारत प्रतिस्पर्धात्मक खेलमा पराजित भएकाे हाे ।

यस अघि वर्षाले प्रभावित गरेपछि दुई दिन भएको सेमिफाइनलमा न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको थियो ।प्रतियोगीताको दोस्रो सेमीफाइनल ११ जुलाईमा अष्ट्रेलिया र इङ्ल्यान्ड बीच हुनेछ। जवाफी ब्याटिङमा आएको भारतले ३ ओभर १ बलमा ३ विकेट गुमाईसकेको थियो। रिशव पन्तले ३२ रन बनाएर आउट भए र भारतलाई केही आशा दिलाए। दिनेश कार्तिकले २५ बल खेलपनि दुई अंकको रन बनाउन सकेनन्। तर अलराउन्डर हार्दिक पाण्याले ६२ बल खेलेर ३२ रनको योगदान दिए। ३० ओभर ३ बलमा पाण्या आउट हुदाँ भारतले जित्ने कुने संकेत थिएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *