जनउद्धार केन्द्र मलेसियाले फेरि १३जना श्रमिकहरुको उद्धार*गरि स्वदेश फर्कायो

जनउद्धार केन्द्र मलेसियाले फेरि १३जना श्रमिकहरुको उद्धार*गरि स्वदेश फर्कायो

मलेसिया।जनउद्वार केन्द्र मलेसियाले जुरु घरफिर्ती केन्द्र पेनाङमा रहेका १३ जना नेपाली श्रमिकहरुको उदार गरि स्वदेश फिर्ता गरेको छु।

विभिन्न कारणले जेलमा बस्दै आएका थिए ।स्थानीय सरकारले देहाय बमोजिमको कसुर नियम अनुसारको सजाय सम्पन्न लगत्तै जुरु घरफिर्ती केन्द्रबाट घर फर्कनको लागि टिकटको पर्खिरहेका ति १३ जना नेपालीहरुलाई जनउद्धार केन्द्र मलेसियाको विशेष पहलमा नेपाली राजदुताबास मलेसियाका साथै पीडितहरुका जेहि आफन्तहरुको सहयोगमा स्वदेश फिर्ता भएका छन्।

मलेसियामा गठित नेपाली संघ संस्था हरु मध्यको एक उकृष्ट श्रमिकहरुको संस्था हो जनउद्धार केन्द्र यो संस्था दर्ता भएको छोटो समयमै दुईसय जना भन्दा धेरैलाई उद्धार गरेको छ । निस्वार्थ भावनाले मलेसियामा रहेका बिभिन्न ब्यक्तिहरु सँग एक्दमै नजिकै हरेक नेपाली चाड पर्वहरुमा पनि दुखसुख बाड्दै आएको छ।

घर आउनेमा पाल्पाका लोक बहादुर ,खड्ग बहादुर पल्ली,धनुषाका बाशुदेब यादब देब नन्दन यादब,जाजरकोटका प्रेम बहादुर बितली, गोर्खाका मान बहादुर गुरुङ ,सिराहाका धर्मनाथ सिंह,मनोज कुमार यादब ,सुनसरीकि कबिता राई, खोटाङका भुमिराज राई,जन्म सल्यान हाल बर्दियामा बस्ने धनबहादुर गिरि ,भोजपुरका रुपेश थापा र नवलपरासीका ओम बहादुर पौडेल रहेको जनउद्धार केन्द्रका अध्यक्ष केशु थापाले हामिलाई जानकारी दिनु भएको छ ।जनउद्धार केन्द्र मलेसियाले आफ्नो आधिकारिक पेज मार्फत पिडितहरुको यात्राको कामना समेत गरेको छ।

मलेसियामा रहेका नेपालीले बिदेशी भुमिमा समस्या झेल्नु नपरोस भनेर जनचेतना गराउदै भएका समस्याको समाधान गर्दै आफु र जनउद्धार केन्द्र निरन्तर निस्वार्थ भावनाले लागि रहेको अध्यक्ष थापाले बताउनु भयो । यस महान कार्यको लागि जनउद्धार केन्द्र मलेसिया परिवार प्रति हार्दिक सम्मान।

Leave a Reply

Your email address will not be published. Required fields are marked *