नेपाली कलाकार संघ मलेसियाको पहिलो बैठक आईतबार बस्दै

नेपाली कलाकार संघ मलेसियाको पहिलो बैठक आईतबार बस्दै

मलेसिया ।नेपाली कलाकार संघ मलेसियाको मासिक पहिलो बैठक जुलाई पहिलो आईतबारमा बस्ने भएको छ। प्रवासमा रहेका नेपाली भित्र लुकेर बसेका कलाको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले एक महिना अघाडी मलेसियामा छरिएर रहेका नेपाली कलाकारहरुको पहिलो भेलाले बिनोद बाबु केसिको अध्यक्षतामा नव कार्यसमितिको बिस्तार गरिको संघका उपाध्यक्ष कैलास बोहोराले जानकारी दिनु भयो।

उक्त बैठक क्वालालम्पुरको कोतारिया स्थित गोर्खा रेस्टुरेन्टको सभा हलमा यही जुलाई पहिलो आईतबार अर्थात् यही सात तारिख बिहान दश बजे बाट सन्चालन हुने उक्त बैठकमा आगामी कार्ययोजना ,बिधान, सदस्यता लगायत बिभिन्न महत्वपुर्ण विषयमा माथि छलफल हुने बताएको छ ।

बैठकमा मलेसियामा रहेका सम्पुर्ण कलाकार तथा प्रत्रकार लगायतलाई उपस्थितिको लागि आह्वान समेत गरेको बोहराले जानकारी दिनु भयो। सुदुर नेपालको टिमबाट धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *