यौ’न शक्ति बढाउने कफी एक युवकले प्रेमिकालाइ सम्बन्ध राख्न खोज्दा घट्यो घटना

यौ’न शक्ति बढाउने कफी एक युवकले प्रेमिकालाइ सम्बन्ध राख्न खोज्दा घट्यो घटना

सिनामंगल स्थित सडकमा कम चहलपहल थियो । मध्यान्हको घामका कारण मानिसहरु उतिसारो सडकमा थिएनन् । त्यही नजिकै रहेको एउटा औषधि पसलमा एक युवक पसलेसँग जोडतोडले कुरा गरिरहेका थिए । ‘जे पायो त्यहीं गफ दिने, ८ हजार तिरेको के काम’ उनी जङ्गिए । पसलले आफ्नो कुराम मनाउने प्रयास गरिरहेको थिए । ध्यान त्यतै केन्द्रीत हुन्छ । ति युवकले ८ हजार तिरेर यौ न शक्ति बढाउने कफी किनेका रहेछन् । त्यसले काम नगरेपछि पैसा फिर्ता दिन पसलेसँग जोड गर्दै थिए । उक्त कफी पिएमा यौ न क्षमता र चाहना दुबै बढ्ने र सोको प्रभाव १५ मिनेटमै देखिने भएपछि कफी खरिद गरेका थिए । कफीको प्रभावको परीक्षण आफ्नै प्रेमिकालाई गरे तर कुनै असर देखिएन । उनको बुझाइमा प्रेमिका शारीरिक सम्बन्धका लागि तयार भइनन् । योजना सफल नभएपछि उनी पैसा फिर्ता माग्न आएका थिए । पसलेले बढी कुरा गर्ने भन्दै प्रतिवाद गरिरहेका थिए ।साझको सात बजेको थियो । सिरसिरे हावा चलिरहेको थियो ।कोटेश्वरको एउटा फार्मेसीमा अन्दाजी १९ वर्षजतिको को एक किशोर ग्राहकले फामेर्सी पसलेसँगं कचकच गरिरहेका थिए । ‘साहुजी १०० एमजीको दिनु न’ उनले पसलेसँग भने ‘भाइ ५० एमजीकोभन्दा दिन मिल्दैन’ साहुजीले उत्तर फर्काए । तर, ति किशोर उक्त वाक्यांस दोहोराइरहेका थिए । फार्मेसीवालाले ५० एमजीकोभन्दा दिन नमिल्ने बताउदै थिए । पछि कुरा बुझ्दा उनले यौ न शक्ति वढाउने औषधि ‘भि यग्रा’ मागिरहेका रहेछन् । उमेर सानै भएकाले १०० एमजीको दिन नमिल्ने पसलेको भनाइ थियो । किशोरले ५० एमजीकोले काम नगर्ने भन्दै १०० एमजीको मागिरहेका थिए ।

नवद्र्धक औषधिले निम्त्याएको विकृति यी दुई प्रतिनिधि घटनाले यौ नवद्र्धक औषधिको व्यवसायलाई प्रष्ट गर्दछ । सँगै, यसले निम्त्याएको विकृतिलाई पनि प्रतिनिधित्व गर्दछ । सहरी समाजमा झुक्काएर यौ नवद्र्धक औषधि खुवाउंने र कामवासना पैदा गर्ने कुसंस्कृति हावी भइरहेको छ । अर्कोतर्फ, भियग्राजस्ता यौ नवद्र्धक औषधिको चरम प्रयोग बढिरहेको छ । यी दुई औषधि बजारमा देखिने विकृतीका प्रतिनिधि दृष्य मात्र हुन । औषधि बजारमा दिनहुँ से क्स पावर बढाउने औषधि ठूलो मात्रामा किनबेच हुंने गरेको छ । होटेल तथा गेस्ट हाउस धेरै भएका क्षेत्र र नयाँ बसपार्क वरपरका औषधि पसलको मुख्य कारोवार मध्ये यौ नवद्र्धक औषधि पर्ने गर्दछ । विशेषगरी यस्ता औषधि कलङकी, नया बसपार्क, सिनामंगल, गौशला, रत्नपार्क लगायतका ठाउँमा ठूलो मात्रामा कारोबार हुने गरेको छ ।
अहिले नेपाली बजारमा से क्स पावर बढाउने औषधि छ्याप्पछ्र्याप्ती पाइन्छन् । औषधि कम्पनीहरुले ५० र १०० एमजीको ट्याबलेटमा यस्ता औषधीहरु निकालेका छन् । यस्तो औषधिहरु यौ न दुर्वलता भएका बयस्कहरुको लागि थोरै मात्रामा खानु पर्ने चिकित्सकहरु बताउछन् । यो औषध खरिद बिक्रीको पक्रिया हेर्दा त्यसको ठीक बिपरित देखिएको छ । बजारमा भिएग्रा, मेडिग्रा, सिलेग्राजस्ता औषधिहरु आधिकारिक रुपमा दर्ता भएर आएका छन् ।

तर, बजारमा छ्याप्पछ्र्याप्ती पाइने अन्य औषधीहरु दर्ता नै भएका छैनन् । युवतीहरुलाई खुवाउने चुईगम, कफी, चकलेट युवाहरुले जति पनि मूल्य तिरेर लाने गरेको देखिएको छ ।दैनिकजसो पत्रपत्रिका तथा एफएमहरुबाट प्रकाशित र प्रकाशित हुने यौ नजन्य विज्ञापनले यस्ता विकृतिलाई वढाउने विज्ञहरु पताउँछन् । यौ न असन्तुष्टि, लिंगको लम्बाइ वढाउने, लिं ग क डा पार्नेदेखि खडा पार्ने, यौ नीको आकार मिलाउने, यौ न सन्तुष्टि वढाउने, लामो समयसम्मको सहवासका लागि औषधिहरु उपलब्ध छन् भन्ने भ्रामक विज्ञापनहरु दैनिकरुपमा प्रकाशन प्रशारण हुने गर्दछन् । त्यसको प्रभावले र गोप्य रुपमा आफ्नो साथीलाई यौ न उत्तेजनामा ल्याउनको लागि यस्ता औषधिहरुको विकृती वढिरहेको छ । विज्ञापनको पछि लागेर युवाहरुले हजारौ रुपैयाँ खर्च गरेर पनि यस्ता औषधि खरिद गर्ने गरेको भेटिएको छ ।यता खुलेआम औषधि पसलेहरुले यस्ता औषधिलाई बेचिरहेका हुन्छन् ।

उनीहरुले ग्राहकको अनुहार हेरेर औषधीको मूल्य तोक्ने गरेको भेटिएको छ । यौ न प्यास मेट्न तथा आफ्नो स्वार्थ पूरा गर्न उनीहरु महिलालाई ‘फायर’ बनाउने भन्दै से क्स पावर बढाउने भियग्रालगाएतका औषधि खरिद गर्छन । पछि यस्ता औषधिले काम नगरेपछि पैसा त गयो, आपराधिक मनोविज्ञानका कारण जिन्दगी पनि जाने गरेको छ ।यौ न रोग विशेषज्ञ बद्रीप्रसाद भट्राईका अनुसार औषधि कम्पनीले उत्पादन गरेका से क्स पावर बढाउने औषधिहरुमा ‘सिलडेनाफिल सिटरेट’ भन्ने तत्व हुन्छ । जुन तत्वले मानिसको रगत नलीहरुमा रागतको प्रवाह वढाएर लि ङगलाई फुलाउने काम गर्दछ । औषधिले यौ न अंगलाई क डा बनाउने काम गर्दछ । जसको कारण मानिसमा मरेर गएको यौ न चाहना पुनः जीवित हुन्छ । उनी भन्छन् ‘से क्स पावर बढाउने औषधिको नाममा बजारमा दर्ता बिना नै बिक्री भएका औषधीले कसरी काम गर्छ भन्ने र त्यसको असर के हुन्छ भन्ने जानकारी नै हुँदैन । तर, औषधि कम्पनीले उत्पादन गरेका औषधिहरु अनुसन्धान गरेर निकालेको हुन्छ, डाक्टरको सल्लाह अनुसार खानुपर्छ ।’कफी र चकलेट मात्र होइन आजकाल बजारमा केटाहरुको लिङगमा प्रयोग गर्ने मलम, स्प्रे, तेल, क्याप्सुललगायतका औषधिहरुले बजार तताएको छ । तर, ती औषधि प्रायः जसो अबैध रहेको पाइएको छ । सिनामंगलमा फार्मेसी पसल संचालन गरेर बसेका पवन केसी भन्छन् ‘अधिकाशं युवाहरु आफ्नो प्रेमिकासंग से क्सको कुरा खुलेर गनै सक्दैनन तर आफ्नो चाहना पूरा गर्नैका लागि जतिपनि मूल्य तिरेर यस्ता औषधि लाने गर्छन । उनीहरुलाई आधिकारिकताको मतलब नै हुँदैन ।’ औषधि पसलमा पाईने यस्ता से क्स पावर बढाउने औषधिहरुको मूल्य अचम्म लाग्दो छ । काम गर्ने नगर्ने कुनै ग्यारेन्टी छैन तर मुल्य न्युनतम २ सयबाट शुरु भएर १० हजार भन्दा माथिको रहेको छ । तैपनि यस्ता औषधिको माग अन्य औषधिकोभन्दा उच्च रहेको छ ।taja khabar bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *