बाल कलाकार अनुभव रेग्मीको आज जन्मदिन

बाल कलाकार अनुभव रेग्मीको आज जन्मदिन

अनुभव रेग्मी नेपाली चलचित्र जगतका निकै चर्चित र व्यस्त बाल कलाकार हुन् । उनी अहिले ६ कक्षामा पढ्छन् । अनुभव रेग्मीले चलचित्र रिदम बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए । पहिलो चलचित्रमा उनको अभिनयको सर्वत्र तारिफ भयो ।

अहिले बाल कलाकारको रुपमा उनको नाम सबैभन्दा पहिले आउँछ । अनुभवलाई दर्शकले अझै राम्रोसँग चलचित्र नाई भनन्नु ल २ बाट चिने । नाई नभन्नु ल २ लाई उनको करियरको टर्निङ पोइन्ट नै भन्न सकिन्छ । आज उनै बाल कलाकार अनुभवको जन्मदिन रहेको छ । अनुभवको आज जन्मदिन भएकाले उनलाई शुभकामना दिनेको ओइरो नै लागेको छ ।

अनुभवले छोटो समयमा नै दर्शकको अत्याधिक माया पाउन सफल भएका छन् । सबैका प्रिय अनुभवले बाल कलाकारको रुपमा धेरै चलचित्रमा काम गरिसकेका छन् । अब केहीदिनपछि उनी चलचित्र प्रेमगीत ३ मा व्यस्त हुनेछन् । प्रेमगीत ३ मा अनुभव सानो प्रेम अर्थात प्रदिपको भूमिकामा देखिदैँ छन् । हाम्रो तर्फबाट पनि अनुभवलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *