जसले बिनाको मन छोयो: प्रकाश दाहालले बोलेको त्यो एक वाक्य

जसले बिनाको मन छोयो: प्रकाश दाहालले बोलेको त्यो एक वाक्य

काठमाडौं । मंगलबार प्रकाश दाहाल फाउन्डेसनले राजधानीमा एक कार्यक्रमको आयोजना गर्यो । कार्यक्रमको नाम थियो, ‘प्रकाश दाहाल सहासिक सगरमाथा सम्मान कार्यक्रम’ ।प्रकाश दाहालको ३८ औँं जन्मजयन्तीको अवसरमा आयोजिक कार्यक्रममा सगरमाथा आरोहणको सिलसिलमा योगदान पुर्याएकाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा विभिन्न दलका शीर्ष नेताहरुले प्रकाशले गरेका काम र उहाँहरुसँग प्रकाशको भोगाइको बारेमा स्मरण गरे । कार्यक्रमको अन्त्यमा प्रकाश दाहाल फाउन्डेसनकी संयोजक एवं प्रकाश दाहालकी जीवनसंगीनी बिना मगरले प्रकाश दाहालसँगको सगरमाथा आरोहण अनुभव सुनाउनुभयो । कार्यक्रममा उहाँले सुनाउनुभएका अनुभवनको सम्पादित अंशः

हाम्राे सगरमाथा आरोहणको नेतृत्व कृष्ण केसीले गर्नुभएको थियो भने सह–नेतृत्व प्रकाश दाहालले गर्नुभएको थियो । नेतृत्वले आरोहणको तयारी पूरा गरेपछि हामील हामीले सरगरमाथा आरोहण शुरु गर्यौं क्याम्प ४ बाट ।

आरोहणमा म सबैभन्दा पछाडीको टीममा परेकी थिएँ । प्रकाश र अन्य साथीहरु धेरै अगाडीको टीममा हुनुहुन्थ्यो । हामीसँग हाम्रा शेर्पाहरु सँगै हुनुहुन्थ्यो । हामी बिस्तारै उकालो लाग्दै गर्दा हामीले उहाँहरुलाई भेट्यौँ । उहाँहरु हामीलाई कुर्दै आरोहणको बाटोभन्दा साइड लागेर बस्नुभएको रहेछ । उहाँहरुलाई भेटेपछि हामीले पुनः आरोहण शुरु गर्यौं । आरोहण गर्दै गर्दा त्यहाँ पहिरो जान थाल्यो । पहिरोले गुडेको ढुङ्गाले लागेर हाम्रा केही शेर्पाहरु घाइते हुनुभयो ।

घाइते शेर्पाहरुले ‘हिड्दै गर्नुस्, हामी तपाईंहरुलाई भेट्छौं’ भन्नुभयो । त्यसपछि प्रकाशजी लगायत अन्य साथीहरुसँग हामी अगाडी बढ्यौं । हामी लामो समय हिडिसक्दा पनि शेर्पा साथीहरु आउनुभएन । हामीले लगाएको अक्सिजन बाहेक अन्य अक्सिजनको सिलिण्डर सबै शेर्पाहरुसँगै थियो । उनीहरु यदि आउन ढिला भएमा हामी सबैको ज्यान जान सक्थ्यो ।

शेर्पाहरु लामो समय पनि नआइसकेपछि मैले प्रकाशलाई भनेकी थिएँ, ‘हामी फर्कनुपर्छ होला, यो अक्सिजनले पुग्दैन ।’ त्यतिबेला उहाँले भन्नुभयो, ‘यो अक्सिजनले सगरमाथाको चुचुरो पुग्न सकिन्छ ।’ उहाँले फर्कने कुरा गर्नुभएन र थप्नुभयो, ‘एउटा सहासीले लक्ष्य मात्र हेर्छ, त्यो भन्दा पछाडीको केही पनि हेर्दैन ।’ जनता समाचारबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *