‘धुर्मुससुन्तलीलाई हाम्रो साथ सदैव रहनेछ’ – प्रकाश कंडेल

‘धुर्मुससुन्तलीलाई हाम्रो साथ सदैव रहनेछ’ – प्रकाश कंडेल

रतपुर महनागरपालिकामा धुर्मुस सुन्तली फाउन्डेसन बाट निर्माण हुदै गरेको गौतम बुद्द इन्टरनेसनल क्रिकेट रंगसला अहिले बिबादको बिसय बनेको छ। गत जेठ १५ गते रंगशालामा लगाइएको बार भत्काइएको बिसय बिभिन्न सामाजिक संजाल तथा मिडियामा भाइरल भएको थियो। उक्त बार भत्काउनमा मुख्य योजनाकार प्रकाश कंडेल हो भनेर प्रहरीले पक्राउ गरेको थियो।

मुख्य दोषी मानिएको प्रकाश कंडेललाइ प्रहरीले पक्राउ गरेपछि मिडियामा नकारात्मक किसिमका टिका टिप्पणीहरु भैरहदा प्रकाश कंडेल जेल बाट रिहा हुनु लगत्तै पत्रकार सम्मेलन गरि आफुले गल्ति गरेको स्वीकारेका थिए । दोषी मानिएको कंडेलले आफ्नो व्यक्तिगत योजनाले उक्त बार भत्काएको होइन भन्ने कुरा उक्त पत्रकार सम्मेलनमा स्पस्ट बताएका थिए ।

आइतबार एक बिज्ञप्ति निकाल्दै कंडेलले स्थानीय जनताको सरोकारलाई बेवास्ता र न्यायोचित आवाजको दमनबाट सो घटना हुन गएको बताउँदै जनताको समस्यालाई सम्बोधन हुनुपर्छ भनेर आवाज बुलन्ध गर्दा कार्वाही गर्नु अन्यापपूर्ण भएको बताए । अन्याय पुर्ण कार्वाही फिर्ता लिन माग समेत बिज्ञप्ति मा उल्लेख छ । रंगाशालाको बार भत्काएपछि नेपाल कम्युनिष्ट पार्टी चितनव र अनेरास्ववियूले कंडेल र स्थानीय नेता भैरव बस्ताकोटीलाई पार्टीबाट निलम्बन गरेको थियो ।

‘धुर्मुस सुन्तली फाउन्डेसन द्वारा निर्माण भैरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा हाम्रो साथ सहयोग सधै रहने बिश्वास ब्यक्त गर्दछौ ।’ बिज्ञप्तिमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *