यी हुन् आफ्नै आमालाई मा**र्न लगाउने छोरी

यी हुन् आफ्नै आमालाई मा**र्न लगाउने छोरी

भक्तपुरको चाँगुनारायण नगरपालिका–७ बाँसबारीमा आइतबार ६१ वर्षीया सावित्री भट्टराईको ह*त्या मृतककी छोरीको योजनानुसार भएको खुल्न आएको छ । महानगरीय अपराध महाशाखाले आज पत्रकार सम्मेलन गरी सो घटना दिउँसो ह*त्या गरिएकी भट्टराईकी छोरी ईश्वरीकै योजनाअनुसार भएको बताएको हो । प्रहरीले ह*त्यामा संलग्न सिरहा कल्याणपुर नगरपालिका–४ का मोहम्मद नौसाद, भारतीय अर्जुन कुमार भनिने भोला कुमार, भारतकै मोहम्मद रहिश र अभियुक्त ईश्वरीलाई पक्राउ गरेको हो । प्रहरीले नौसादलाई धादिङको गजुरीबाट आइतबार साँझ सात बजे र भोला कुमार र मोहम्मद रहिसलाई राति तीन बजे मकवानपुरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । मृ*तककी छोरीलाई भने भक्तपुरबाट पक्राउ गरिएको हो ।

पत्रकार सम्मेलनमा महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले मृतककी छोरी ईश्वरीले आफ्ना प्रेमी नौसादसँग भएको प्रेम सम्बन्धबारे आमाले थाहा पाउने र आफ्नो प्रेममा आमाले विरोध गर्ने डरले आमालाई मार्ने योजना बनाएको अनुसन्धानमा खुलेको बताउनुभयो । महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सहकुल थापाका अनुसार मोहम्मद नैसाद ईश्वरी भट्टराईको प्रेमी भएको खुलेको छ । ईश्वरी विवाहित हुन् । उनका श्रीमान् विमानस्थल क्षेत्रमा होटलमा काम गर्दै आएका थिए । प्रहरीका अनुसार ईश्वरी र मोहम्मद नैसादबीच तीन वर्षदेखि प्रेम सम्बन्ध चल्दै आएको थियो । थापाले भने, ‘‘ईश्वरीले बीचमा मोहम्मदलाई विदेश पठाउन एक लाख सहयोग गरेको पनि देखियो ।”

“आमालाई मा*र्नका लागि ईश्वरीले रु १२ लाख दिने सहमतिअनुसार नौसादले एक्लै मा**र्न नसक्ने भएकाले भारतबाट साथी बोलाएर ह*त्या गरेको अनुसन्धानमा खुलेको छ”, उहाँले भन्नुभयो । घटनामा संलग्नमध्ये भोला कुमारले हात समाउने, मोहम्मद नौसादले मुख थुन्ने र मोहम्मद रहिसले घाँटी रे*टेको अनुसन्धानमा खुलेको थापाले बताउनुभयो । मृतककी छोरी ईश्वरी र मोहम्मद नौसाद केही समय पहिला एउटै गार्मेन्टमा काम गर्दा प्रेम सम्बन्ध भएको महाशाखाले जनाएको छ ।

अपराधीहरु पक्राउ गरेपछि प्रहरीले पत्रकार सम्मेलन गरेर घटना बारे जानकारी दिदै गरेको भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *