मन्त्रिपरिषद पुनर्गठन सुदूरपश्चिमबाट उद्योग मन्त्रीमा भट्ट, खानेपानीमा मगर यथावत

मन्त्रिपरिषद पुनर्गठन सुदूरपश्चिमबाट उद्योग मन्त्रीमा भट्ट, खानेपानीमा मगर यथावत

कैलाली -प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। उनले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन्। केहीको जिम्मेवारी हेरफेर गरेर राष्ट्रपति कार्यालयमा सूची पठाएका छन्।सुदूपश्चिम प्रदेशबाट लेखराज भट्ट मन्त्रीको लिस्टमा अटाएका छन्। उनलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा दिइएको छ। उनि तत्कालीन माओवादी केन्द्रकबाट कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए।

सुदूरपश्चिमबाट अर्की मन्त्री बनेकी खानेपानी तथा सररफाई मन्त्री विना मगर भने यथावत रहेकी छिन। मगर तत्कालिन माओवादी केन्द्रबाट कन्चनपुर क्षेत्र नम्बर १ बाट विजयी भएकी थिइन।


को-को बने नयाँ मन्त्री ?
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् ।नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइएको छ । भुसाल कृषिमन्त्री हुँदैछन् भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ । महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङको नाम रहेको जनाइएको छ ।भट्टले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राय यादव श्रम मन्त्री बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *