साँच्चीकै कृष्ण र राधाको जस्तो जोडी! माया त यस्तो होस

साँच्चीकै कृष्ण र राधाको जस्तो जोडी! माया त यस्तो होस

माया दुुई अक्षरले बनेको शब्द जुन सुन्नमा जति सरल छ तर उतिनै गहिराइ पनि तिनीहरुको लागि जो असल प्रेमिहरु हुन्छन्। त्यस्तै एक निस्वार्थ अनि अमर प्रेम कहानी कुनै दिन स्वयंम पढेको थिए। जो रहेको थियो “मुनामदन” त्यस्तै आज वास्तविक अनि यथार्थ मै देख्न पुगे अर्को प्रेम कथा “कृष्ण वलि र रुपा मगर”को, मुनामदन एक काल्पनिक प्रेमकहानी भएता पनि तर यथार्थमा उनिहरु भन्दा “कृष्ण र रुपा”को अति उच्च रहेको छ, रुपाले वास्तब मै मुनाले जस्तो भुमिका निर्वाह गरेर देखाइन।साँच्चीकै कृष्ण र राधाको जोडी थियो।कति अपार अनि निस्वार्थ र चोखो माया गरेकी छिन् माया मगरले कृष्णलाई, माया होस्त यिनको जस्तो। धेरै कुरा सिकेको छु यिनीहरू बाट।कस्सम सम्झिदा मन भक्कानिन्छ आँखा रसाउछ। हिरो बन्न चाहन्थे तर के गर्नु ? फिल्मको सुटिंगमै भेटेर गरेका थिए, अन्तरजातिय बिवाह । बुढीलाइ MBBS पढाउने सपना थियो।

कृष्ण र रुपाको प्रेम …चिया पिएर कुराकानी सुरु गर्दा, कृष्णले आफ्ना सबै कथा सुनाए । उनले कसरी गुमाए त दुई हात र एक खुट्टा ? कृष्णकी श्रीमती अन्तर्वार्तामै रुदा मैले पनि आफुलाई सम्हाल्नै सकिन, आंशु आंखाको डिलसम्म आयो । कस्तो पिडा, पहिला बाबाले छोडे पछि आमाले । सानैदेखि मामाघरको हजुरआमाले हुर्काए, कृष्णलाई । जब ठुलो भए यस्तो घटना घट्यो ।प्रेम गरेपछि अन्तरजातिय बिवाह गरेका रुपा र कृष्णको प्रेम कथा पनि मेरै फिल्मको सुटिंगबाट सुरु भएको रहेछ । हामी तपाईको बिर्खेलाई चिन्छस् फिल्मको सुटिंग हेर्न जांदा पहिलो पटक कुराकानी गरेको नि, रुपाले सुनाईन् ।

रुपाको कृष्णप्रतिको प्रेम देख्दा निस्वार्थ माया गर्ने मान्छे पनि अझै संसारमा छन् र झैं लाग्यो । सांच्चै महान् रुपा बहिनीलाई मैले सोलुट गरें । अनि कृष्णको जीवनमा अब एउटा कलाकार हैन दाजुको रुपमा शिशिर भण्डारीको भुमिका रहनेछ, तिमीलाई सबैसंग सहयोग जुटाएर खुट्टाले हिड्ने र कामहरु गर्न सक्ने बनाउंछु भनेर वाचा गरें । त्यसको लागि तपाई सबैको साथ चाहिन्छ है ।कृष्णको हात र खुट्टै काट्नु पर्ने घटना के थियो ? किन सानैमा छोडेका थिए, कृष्णलाई उनका बाबु आमाले ? कसरी सम्भव भयो, कृष्ण र रुपाको अन्तरजातिय बिवाह ? अनि समाजले किन भन्दैछ रुपालाई, कृष्णलाई छोड्दे ।nepalimato.com bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *