नेपाल भारत नाकामा सशस्त्र प्रहरीले राष्ट्रिय झण्डा गाड्यो

नेपाल भारत नाकामा सशस्त्र प्रहरीले राष्ट्रिय झण्डा गाड्यो

गत जेठ २३ गते आएको हावाहुरीले कैलालीको गौरिफन्टा नाकामा रहेको राष्ट्रिय झण्डा उडाएपछि सशस्त्र प्रहरीले पुनः निर्माण गरेको छ। यसअघि नाकामा रहेको राष्ट्रिय झण्डा उडाएपछि सशस्त्र प्रहरी बल नम्बर ५३ गुल्म राजश्व तथा भन्सारको टोलीले सिमेन्टको पक्की पिल्लर बनाएर पुनः झण्डा गाडेको हो।

आज एक कार्यक्रमका बिच कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले सीमामा विधिवत रुपमा झण्डा गाडेका हुन्। विगतमा समान्य हावाहुरी आएका बेला समेत झण्डा झुण्ड्याईएको पोल ढल्न थालेपछि अहिले सिमेन्टको पिल्लर निर्माण गरेर झण्डा गाडिएको सशस्त्र प्रहरी बल नम्बर ५३ गुल्म राजश्व तथा भन्सारका प्रमुख सशस्त्र प्रहरी नायब उपरिक्षक देव बहादुर चन्दले बताए।

सिमामा सशस्त्र प्रहरीले सुरक्षा पोस्ट पनि स्थापना गरेको छ। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बोहरा, सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, कैलालीका प्रहरी नायब उपरिक्षक दक्षकुमार वस्नेत, स्थानीय तहका जनप्रतिनिधी तथा भारतीय सुरक्षा अधिकारी लगायत अन्य सरोकारवालाको उपस्थिती रहेको थियो। दिनेश खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *