पहिरनबाट ट्रोलको शिकार बनेकि बर्षाले मुख खाेलिन

पहिरनबाट ट्रोलको शिकार बनेकि बर्षाले मुख खाेलिन

नेपाली सिनेमा क्षेत्रमा कुनै समय फेसन सेन्स नै नभएको नायिकाको उपाधी पाएकी चर्चित नायिका बर्षा राउत केही समय अगाडी एउटा पहिरनको कारण चर्चामा आईन् । अष्टे«लियामा जात्रै जात्राको बिषेश शोमा लगाएको उनको पहिरनको कारण नै उनी आलोचित पनि बनिन् अनि ट्रोलको शिकार पनि बनिन् । केहीले बर्षाको पहिरन सामान्य नै भएको टिप्पणी गरे पनि कतिले बिवाहपछि झनै बोल्ड भएको भन्दै प्रतिक्रिया दिए । उनको उक्त तस्बिर यसरी भाईरल बन्यो की उनको समर्थनमा श्रीमान संजोग कोइरालादेखि नायक विपिन कार्की , रविन्द« सिंह बानिया लगायतले समर्थन गरेका थिए ।

तर बर्षाले उक्त पहिरनलाई लिएर भएका टिप्पणीहरुमाथि कुनै प्रतिक्रिया दिएकी थिईनन्। तर हालै जात्रै जात्राको बिषेश शोको कार्यक्रममा उनले पत्रकारहरुको प्रश्नको सामना गर्नु परेको छ । उनले आफनो उक्त पहिरनको बारेमा बोल्नु आवश्यक नै नरहेको बताईन् । उनले भनिन् “म कम्फटेवल छु । मेरो वरिपरिका मान्छेहरुलाई केही प्रब्लम छैन। मेरै फ्यामिलीलाई कुनै प्रब्लम छैन । मलाई माया गर्ने दर्शकहरुलाई केही प्रब्लम छैन भने मलाई यो प्रश्नको जवाफ दिईरहनु जरुरी छ जस्तो लाग्दैन” ।

तर ट्रोलहरु बन्दा आफनो दुई तिरकै परिवारहरुलाई इन्भल्ब बनाउदा आफुलाई केही फरक भने परेको बताईन् । अहिले फ्रिडम आफ स्पीचको कुरा उठिरहेको र फ्रिडम अफ वेयरको पनि व्यवस्था रहेको भन्दै उनले भनिन् “आफुलाई जे मन लाग्छ त्यो लगाउनु दुनियाँको कुरा नसुन्नुस” । उनले उक्त समय आफुहरुलाई साथ र समर्थन गर्नेहरुलाई धन्यवाद दिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *