सनी भन्छिन्: नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दैछु

सनी भन्छिन्: नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा गर्व महसुस गर्दैछु

काठमाडौं। पोर्न इन्डस्ट्रीबाट बलिउडमा अभिनय यात्रा थालेकी सनी लियोनी नेपाली चलचित्र क्षेत्रमा पनि प्रवेश गरेकी छन् । नेपाली चलचित्र ‘पासवर्ड’ मा दर्शकले उनलाई देख्न पाउने भएका हुन् । सो चलचित्रको एउटा गीतमा उनले आकर्षक नृत्य गरेकी छन् ।

केही दिन अघि युट्युबमा सार्वजनिक गरिएको सो गीतको म्यूजिक भिडियो ८ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् । सनी लियोनीले पनि उक्त म्युजिक भिडियो आफ्नो ट्वीटरमा सेयर गर्दै नेपाली चलचित्रको हिस्सा बन्न पाएकोमा आफूलाई गर्व लागेको बताएकी छन् । नेपाली फिल्म ‘पासवर्ड’मा समेटिएको यो गीतको आइटम गीतमा सनीसँगै अनुपविक्रम शाही, बुद्धि तामाङ र विक्रम जोशी(बिक्की) फिचर्ड छन्।

गीतमा दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत तथा विक्रमको शब्द छ। राजधानीमा बिहीबार एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरियो। झन्डै दुई सय बढी कोरससँग नृत्य गरेकी सनीलाई विष्णु देभाले कोरियोग्राफी गरेका छन्। बलिउडका कोरियोग्राफर देभाले सलमान खान र शाहरुख खानलाई पनि नचाइसकेका छन्।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा द्वन्द्व निर्देशक सम्राट बस्नेतको ‘डेब्यू’ निर्देशन छ। हिरल जोशी र अमित बस्नेतको लगानी रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्माता छन्। लिशा सुनार, प्रविण खतिवडा र रवीन्द्र झाको समेत अभिनय रहेको फिल्ममा सौरभ लामाको छायांकन छ। हेर्नुहोस् नेपाली गीतमा सनीको नृत्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *