मृतक बिमलाको खल्तीमा भेटियो कागजको टुक्रा ! ३ कर्मचारीको नाम उल्लेख

मृतक बिमलाको खल्तीमा भेटियो कागजको टुक्रा ! ३ कर्मचारीको नाम उल्लेख

समता अस्पताल बौद्धस्थित कार्यरत सरसफाइ कर्मचारी विमला तामाङको झुन्डिएको अवस्थामा शव फेला परेको छ । आफन्तले हत्याको आरोप लगाउँदै मंगलबार अस्पतालमा ढुंगामुढा गरे ।अस्पताल दिनभर तनावग्रस्त भएपछि प्रहरीले कडा सुरक्षा दिएको छ । रामेछाप दोरम्बाकी तामाङको गोजीमा अस्पतालकी सञ्चालक कला सञ्जेलसहित ३ कर्मचारीको नाम उल्लेख गरिएको कागजको टुक्रा फेला परेको छ ।

सोही आधारमा प्रहरीले सञ्चालकसहित ३ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले बताए । तामाङ दुई महिनादेखि सहयोगीका रुपमा कार्यरत थिइन् । पक्राउ परेका ३ जनालाई गौशाला प्रहरी वृत्तमा राखिएको छ ।darpandainik.combata

Leave a Reply

Your email address will not be published. Required fields are marked *