नायिका बर्षा राउत नेपाल फर्के लगत्तै पहिलो पटक भाईरल फोटो बारे खोलिन रहस्य- भिडियो

नायिका बर्षा राउत नेपाल फर्के लगत्तै पहिलो पटक भाईरल फोटो बारे खोलिन रहस्य- भिडियो

अष्ट्रेलियामा चलचित्र जात्रै जात्राको विशेष शोमा पुग्दा नायिका वर्षा राउतले लगाएको पहिरनको खुबै चर्चा भयो । क्लिभेज देखिएको पहिरनमा नायिका राउत चलचित्रको विशेष शोमा पुग्दा ट्रोल खुबै बनेको थियो । तर नायिका राउतले भने यो कुराको जवाफ दिन आफूलाई आवश्यक नरहेको बताएकी छिन् । काठमाण्डौको बीग मुभिजमा आयोजना भएको चलचित्र जात्रै जात्रा’को विशेष शोमा पुगेकी वर्षाले भनिन्–मलाई त्यो पहिरन लगाउँदा सहज भयो । मेरो वरिपरीका मानिस, मेरो परिवार, मेरा दर्शकलाई कुनै समस्या छैन भने यसको जवाफ दिन म आवश्यक ठान्दिनँ

नायिका राउतले यो कुरामा आफ्नो परिवार पनि जोडिएको भन्दै दुःख भने व्यक्त गरेकी छिन् । ट्रोलमा श्रीमान् संजोग कोइरालादेखि आफ्नो ममी ड्याडी पनि जोडिएकाले केही दिन आफूलाई थोरै समस्या भएको उनले तर्क गरिन् । तर, यो देशमा वाक स्वतन्त्रताको कुरा पनि उठिरहेको भन्दै उनले पहिरन स्वतन्त्रता पनि होला भनेर प्रश्न गरेकी छिन् । उनले भनिन्–मन लागेको कुरा लगाउन पाइन्छ, तपाइले पनि लगाउनुहोला ।यो समाचार आजको अनलाइन खबरमा लेखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *