पाँचथरमा फेरी आयो दुखद खबर : २० वर्षीया किशोरीको शव घाँटी रेटीएको अवस्थामा फेला

पाँचथरमा फेरी आयो दुखद खबर : २० वर्षीया किशोरीको शव घाँटी रेटीएको अवस्थामा फेला

नेपाली समाजमा पछिल्लो समय हत्या, हिंसा बलात्कारजस्ता अमानविय घटनाहरु लगतार बढ्दै गइरहेका छन् । केही महिना पहिले पाँचथरमा सामुहिक हत्या गरिएको थियो । उक्त हत्यामा परिवारकै ज्वाँई संलग्न भएको अनुमान गरियो जसले आत्यमहत्या गरेका थिए । अहिले फेरि पाँचथरको जिल्लाको हिलिहाङ गाँउपालिका–६, साविक भारपा–१ मा किशोरीको हत्या गरिएको अवस्थामा शव भेटिएको छ ।

एनएमबी माइक्रोफाइनान्स हिलिहाङ–३ गोपेटारमा शाखामा कार्यरत थिईन् । इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ वजेको अवस्थामा सिते भन्ने स्थानमा जङगलको गोरेटो बाटोमा फेला परेको हो । तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले पुष्टि गर्नुभएको छ ।

वडाध्यक्ष यवाका अनुसार किशोरीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो । घटना स्थलमा अहिले जोरपोखरी प्रहरी चौकि र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलि पुगेर अनुसन्धान गरिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *