जादु देखाउन नदीमा हामफालेका जादुगर , फर्केर आएनन्

जादु देखाउन नदीमा हामफालेका जादुगर , फर्केर आएनन्

भारतको पश्चिम बंगालका जादु देखाउन भन्दै हातखुट्टा बाँधेर नदीमा हामफालेका एक प्रख्यात जादुगर बेपक्ता भएका छन् । नदीमा हराएका उनको मृत्यु भएको आशंका गरिएको छ । पश्चिम बंगालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएपनि उनी नदीमै हराए । जादुगर नदीमा छिरेको हेर्न मानिसहरुको भीड जम्मा भएको थियो । तर जादुगर नदीबाट बाहिर ननिस्किएपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उनको खोजी गरिरहेको छ ।

छवटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो । उनलाई एउटा डुंगाबाट पानीमा ओरालिएको थियो । नदीमा दुईवटा डुंगामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए । प्रहरी र गोताखोरहरूले नदीमा आइतवार साँझदेखि खोजी गरेपनि फेला पार्न सकेका छैनन् । उनको शब नभेटिएसम्म मृत घोषणा गर्न नसकिने एक अधिकारीले बताएका छन् । एउटा स्थानीय पत्रिकाका लागि फोटो खिच्ने जयन्त श पनि लाहिरीको जादु हेर्न गएका थिए । जादुको काम सुरु हुनुभन्दा अगाडि आफूले लाहिरीसँग कुरा गरेको उनले बताएका छन् ।

उनी भन्छन्, ‘मैले किन ज्यान जोखिममा पारेर जादु देखाउन लागेको भनेर सोधेको थिएँ । उनी हाँसे र भने, ‘मैले राम्ररी गरे भनेँ यो जादु हुन्छ । मैले गल्ती गरेँ भने यो दुःखान्त हुन्छ ।’ ती जादुगरले मानिसहरूमा ‘जादुप्रति रुचि जगाउन’ त्यसो गर्न खोजेको शलाई बताएका थिए । पानीभित्र जोखिमपूर्ण जादु देखाउने यो उनको पहिलो प्रयास भने थिएन । बीस वर्षअघि एउटा सिसाको बाकसमा राखेर उनलाई पानीभित्र छोडिएको थियो । त्यतिबेला उनी सकुशल बाहिर आएका थिए । शले त्यो जादु पनि हेरेका थिए । उनले भने, ‘उनी यसपालि पानीबाहिर आउँदैनन् भन्ने मैले कल्पना पनि गरेको थिइनँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *