रवि लामिछाने र ऋषि धमलामाथि एक युवाको आरोप – भाइरल भिडियो

रवि लामिछाने र ऋषि धमलामाथि एक युवाको आरोप - भाइरल  भिडियो

सनिबार नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रममा पत्रकार रवि लामिछाने र ऋषि धमलाको बिषयमा बोल्ने एक युवा यतिबेला निकै चर्चा तथा आलोचनामा मुछिएका छन् | नया बानेश्वरमा भएको कार्यक्रममा एक मजदुर बक्ताको रुपमा बोल्दै आर्यन तामांगले रवि लामिछाने र उनको टिम माथि नै प्रश्न उठ्ने गरेर बोलेका थिए | आफुलाई प्रहरीले बिना बर्दी बिना जानकारी अपहरण शैलीमा पक्राउ गरेको प्रसङ्ग उठाउदै तामांगले भनेका छन् ‘त्यो समाचार उहाहरुले छाप्नु भएन, के यहि हो सिधा कुरा जनतसंग” ? यति मात्र नभएर रिपोर्टर्स क्लबमा आफ्नो समस्यालाई लिएर जादा पैसा मागेको आरोप समेत उनले लगाएका छन् | जुन यतिबेला सामाजिक संजालमा निकै भाइरल बनेको छ |

तामांगले पत्रकार रवि लामीछानेले आफुले कालोबजारीको बारेमा जानकारी दिएको र सिधाकुरा टिमले स्ट्रिम अप्रेसन गरेको कुरा उल्लेख गर्दै त्यसपछि यसलाई फेरी फलोअप गर्छु भन्दै आफ्नो कम्पनिसंग पैसा खाएरआफुलाईनै प्रहरीको फन्दामा पारेको आरोप उनले लगाएका छन् | त्यसपछि ३६ घण्टा हिरासतमा बसेर फर्केर आएपछि आफुले किन यस्तो भयो दाइ भन्दा ‘मैले तैले भनेको जस्तो बनाउने मेरो कार्यक्रम’? भन्दै जवाफ दिएको कुरा समेत उनले बोलेका छन् |

त्यतिमात्र नभएर त्यसपछि आफु रिपोर्टर्स क्लवमा पुगेर आफ्नो समस्या राख्दा आफुसंग २० हजार रुपया लेउ, लाइनमा बस, एउटा कार्मयक्रम गरिदिन्छु २/४ ओटा मिडिया बोलाइदिन्छु भनेर जवाफ दिएको समेत आरोप उअनाले लगाएका छ |

तर नेपालका लागि नेपाली अभियानका सुरेन्द्र भण्डारी र ज्ञानेन्द्र शाहीले भने यस बिषयमा आफ्नो धारणा राखिसकेका छन् |

भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *