‘फेमिना मिस इन्डिया’ काे ताज सुमन रावलाई

‘फेमिना मिस इन्डिया’ काे ताज सुमन रावलाई

एजेन्सी । फेमिना मिस इन्डिया २०१९को ताज राजस्थानकी सुमन रावले जितेकी छिन् । मुम्बईको सरदार वल्लभ भाई पटेल स्टेडियममा आयोजित मिस इन्डिया प्रतियोगितामा नायिका हुमा कुरैशी,चित्रंगदा शिंह, रेमो डिसुजाको समेत उपस्थिती रहेको थियो ।

सुमन रावलाई मिस इन्डिया २०१८की विजेता अनुकृति दासले ताज पहिर्याइदिएकी थिइन् । मिस इन्डिया २०१९को विजेता सुमन चार्टर्ड एकाउण्टेन्टकी विद्यार्थी हुन् । सुमनले प्रतियोगितामा अरुले असामान्य मानेका कुराहरु पनि गर्ने हिम्मत राख्ने गरेकाे बताउँदै आफु जीवनमा सबैभन्दा बढी आफ्ना आमा बुवाबाट प्रभावित भएको बताएकी थिइन् ।

फेमिना मिस इन्डिया २०१९ प्रतियोगितामा कुल ३० प्रतियोगीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *