सनी लियोनीले यसरी सम्झिइन करोडाै नेपालीलाई

सनी लियोनीले यसरी सम्झिइन करोडाै नेपालीलाई

केही समय अगाडीसम्म बलिउड नायिका सनी लियोनीले नेपाली फिल्ममा काम गर्न लागेको खबरलाई धेरैले पत्याएका थिएनन् । जतिले पत्याए त्यसको प्रतिक्षा र कौतहुल्ता धेरै गरे । यसबीच सनी लियोनीले अभिनय गरेको नेपाली फिल्म पासवर्डको गीत समेत सार्वजनिक भईसकेको छ । मेरो नाम सन्नी बोलको उक्त गीतलाई दर्शकहरुले रुचाईरहेका छन् । भिडियोमा सनीको बोल्ड अवतार देख्न पाईन्छ । भिडियोलाई ८ लाख भन्दा बढिले हेरिसकेका छन् । गीतमा सनीलाई सय भन्दा बढि कोरस डान्सरहरुले साथ दिएका छन् । भिडियोमा सनीसंगै बिक्रम जोशी ,अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङ पनि फिचर्ड रहेका छन् । गीतको मेकिङ निकै लोभ लाग्दो देखिएको छ ।

गीतलाई विष्णु देभाले कोरियोग्राफी गरेका छन् । जसले बलिउडमा सलमान खान , सारुख खान जस्ता नायकहरुलाई नचाईसकेका छन् । सनीलाई यस गीतका लागि करोड पारिश्रृमिक दिईएको बताईएको छ । यता सनीले भने नेपाली फिल्मको हिस्सा हुन पाएको खुसी व्यक्त गरेकीछिन् । गीतलाई ट्वीटरमा सेयर गर्दै उनले यस्तो उल्लेख गरेकी हुन् । उनले लेखेकीछिन् “म खुसी छु मेरो नयाँ नेपाली गीत सेयर गर्दा । नेपालप्रतिको मेरो माया धेरैलाई थाहा नै छ । म गर्व महसुस गरिराछुँ नेपाली फिल्मको हिस्सा हुन पाउँदा” ।

सनीले सेयर गरेको भिडियोमा भारतीयहरुले पनि गीत नबुझेपनि भिडियो निकै राम्रो बनेको प्रतिक्रिया दिएका छन् । सार्वजनिक गीतमा गीतमा दुर्गा खरेलको आवाज , अर्जुन पोखरेलको संगित र बिक्रम जोशीको शब्द रहेको छ । फिल्ममा बिक्रान्त बस्नेत, रविन्द्र झा, लिशा सुनार, परि राना लगायतका कलाकारहरुको अभिनय रहेको छ । विक्रम जोशी ,अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहेको यस फिलमएक्सन र थ्रिलर हो ।फिल्म भदौँ २७ मा अल नेपाल रिलिज हुँदैछ । फिल्मलाई सम्राट बस्नेतले निर्देशन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *