अर्जुन क्षेत्रीको आमा मिडियामा : यसरी छोराको बचाउ गरिन – भिडियो

अर्जुन क्षेत्रीको आमा मिडियामा : यसरी छोराको बचाउ गरिन – भिडियो

आफुलाइ कहिले ज्योतिषी त कहिले फेस रिडर बताउदै आएका अर्जुन छेत्रीको कथित डरलाग्दो भबिस्यबाणी खेर गएसगै उनको ठगी धन्दाको सप्रमाण पर्दाफास भएको छ। खास नाम अर्जुन थापा रहेका उनले आफ्नो उमेर ,पढाइ र थर समेत ढाटेर आफ्नो ठगी धन्दा चलाएको खुलासा भएको छ । आफुलाइ स्नातकोत्तर अध्ययन गरेको बताउने उनले एसएलसी मात्र पास गरेको समेत खुलेको छ ।

उनले करोडौं रकम ठगी गरेको समेत विश्लेषकहरुको आसङ्का रहेको छ भने उनले ज्योतिषशास्त्र बारे कहीँ कतै कुनै अध्ययन समेत नगरेको खुलासा भएको छ । उनले ज्योतिष विद्या अन्तरगत सामुदृक ज्ञान को ( चलन चल्तिमा जुन कुरालाई साइमुन्द्री पनि भनिन्छ )पढाइलाई अगाडि बढाउन सुझाब समेत दिएका छन ।चारमहिने अल्प शिक्षा मात्र लिएको समेत खुलेको छ । भने ज्योतिष परिसदका सदस्य एवम बरिस्ठ ज्योतिस सोम प्रसाद नेपालले अर्जुन छेत्री कुनै ज्योतिषी हैन भनेर ज्योतिष परिषदले जनतालाई प्रष्ट भन्दा भन्दै र उस्ले ज्योतिष नभएको स्विकार गरेर सबैसग माफी मागिरहदा पनि ज्योतिषी भनेर मिडियाहरुले प्रचार गरिरहदा आम मानिस ठगिन पुगेको समेत बताएका छन ।

अर्जुन छेत्री चतुर ठग भएको भन्दै उन्ले केही सामान्य अल्पज्ञान भएका ज्योतिषीहरुलाई भाडामा लिएर ज्योतिषका फलादेस गरेको हुन सक्ने पनि आशंका गरिएको । यसै बीच अर्जुन थापाको आमा मिडियामा आएकी छन । उनले आफ्नो छोराको बचाउ गर्दै अर्जुन सहि भएको बताएकी छन ।आमाको अभिव्यक्ति सुनिसकेपछि सर्बसाधारणले आमा पनि झुट भएको भन्दै प्रतिक्रिया दिन थालेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *