शिक्षाको उज्यालो घामबाट कोहि बंचित नहुने-अध्यक्ष साउद

शिक्षाको उज्यालो घामबाट कोहि बंचित नहुने-अध्यक्ष साउद

राजेन्द्र कुँवर अछाम।चौरपाटी गाउँ पालिका वडा नम्बर १ सिउडिलाइ अनिवार्य तथा आधारभुत शिक्षा घोषणा गरिएको छ । घोषणा कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले बिधालय जाने उमेरका सबै बालबालिका अब कुनै पनि शिक्षाको उज्यालो घाम बाट टाढा नरहने बताउनु भयो ।

ग्रामीण क्षेत्रको बिकासको मुख्य आधार नै शिक्षा भएकोले गाउँ पालिकाले गुणस्तरीय शिक्षाका लागि विभिन्न कार्यक्रम गरिरहेकोले सबैको सहयोगको अपेक्षा राखेको बताउनु भयो ।अनिवार्य तथा अधारभुत शिक्षा घोषणाका उदेश्यका बारेमा शिक्षा शाखा प्रमुख तक्षबहादुर शाहले सहभागीलाई जानकारी गराउनु भएको थियोे ।

घोषणा सभामा नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता रामबहादुर थापा नेपाली काग्रेश पार्टीका गणेश बहादुर शाह सिउडी मा बि का प्रधानाध्यापक रमेश धानुक लगाएतले बोल्नु भएको थियो ।चौरपाटी गाउँ पालिका वडा नम्बर १ का अध्यक्ष शालिभान साउदको अध्यक्षतामा भएको घोषणा सभाको वडा सचीव दिनेशकुमार जोशीले संचालन वडा सदस्य कर्ण थापाले स्वागत गर्नु भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *