हरेक बालबालिकाको शिक्षा सजिलै पहुच पुगाउन आफू प्रतिबद्ध-अध्यक्ष साउद

हरेक बालबालिकाको शिक्षा सजिलै पहुच पुगाउन आफू प्रतिबद्ध-अध्यक्ष साउद

राजेन्द्र कुँवर अछाम। घोषणा कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै चौरपाटी गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले हरेक बालबालिकाको शिक्षा सजिलै पहुच पुगाउन आफू प्रतिबद्ध भएको बताउनु भयो । बालबालिकालाइ बिधालय ल्याउ टिकाउ र सिकाउ भन्ने मुल नाराका साथ चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलमा अनिवार्य तथा आधारभुत शिक्षा वडा घोषणा गरिएको छ ।

अबको शिक्षा जीवन उपयोगी भै हरेक नागरिकलाई प्राबिधिक तथा सिपमुलक शिक्षा हुनु पर्नेमा जोड दिदै अध्यक्ष साउदले हरेक वडामा सिपमुलक तथा व्यावसायिक शिक्षा स्थापनामा गाउँ पालिका पहल गर्ने बताउनु भयो ।

चौरपाटी गाउँ पालिका वडा नम्बर ४ का वडा अध्यक्ष हर्क लुहारको अध्यक्षतामा भएको घोषणा कार्यक्रमको उदेश्य माथी शिक्षा शाखा प्रमुख तक्षबहादुर शाहले प्रकाश पार्नु भएको थियोे ।सामाजिक परिचालक नन्द सिंह लुहारले संचलन गरेको कार्यक्रममा वडा सदस्य सुरतबहादुर कुवरले स्वागत गर्नु भएको थियोे भने शिक्षा संग सरोकार राख्नेको उपस्थिति रहेकोे थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *