पुलको शिलान्यास गरेर फर्किएका मन्त्रीको गाडी खोलामा फस्नुको रहस्य यस्तो छ

पुलको शिलान्यास गरेर फर्किएका मन्त्रीको गाडी खोलामा फस्नुको रहस्य यस्तो छ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पुलको शिलान्यास गरी फर्केका मन्त्री महासेठ सवार गाडी पुल नभएको खोलामा पल्टिएको छ । सोमबार मन्त्री महासेठ सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३ स्थित घट्टे दरौ खोलामा पल्टिएको हो ।

दरौ खोलामा पुल नभएको र खोला तर्ने क्रममा मन्त्री सवार गाडी पल्टिएको हो । उनी सहरे खोला पुलको शिलान्यास गरी फर्किदैँ थिए । गाडी आधा मात्र खोलामा पल्टिएको हो । घटनामा मन्त्री महासेठ भने सकुशल छन् । गाडी पल्टिएपछि उनलाई सुरक्षाकर्मीले बाहिर निकालेका थिए भने डुबेको गाडी क्रेनले निकालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *