पूर्वी नेपालमा सारेगमपका बिजेता प्रितमलाई भव्य स्वागत – भिडियाे

पूर्वी नेपालमा सारेगमपका बिजेता प्रितमलाई भव्य स्वागत - भिडियाे

जी टीभीबाट प्रशारण भएको ‘सारेगम लिटिल चाम्स–२०१९’मा सेकेन्ड रनरअप भएका नेपालमा प्रितम आचार्यलाई पूर्वी नेपालको काकडभिट्टामा भव्य स्वागत गरिएको छ । उनका आफन्त, परिवार र इष्टमित्र उनलाई लिन मेची पुल नजिकै पुगेका थिए । नेपालका आयुष केसीले यो शोमा चौथो स्थान हासिल गर्दा प्रितम भने सेकेन्ड रनरअप भएका थिए ।

उनलाई फूलमाला सहित भव्य स्वागत गरिएको थियो । प्रितमको स्वागत गर्न पुगेका उनी अध्ययनरत विद्यालयका विद्यार्थीहरुले उनको फोटो राखिएको प्ले कार्ड समेत बोकेका थिए । भारतकाे चर्तित शाेमा सहभागिता जनाएका नेपालका बाल गायकले हासिल गरेकाे याे सफलताकाे सबैतिर निकै चर्चा छ भने उच्च तारिफ समेत गरिएकाे छ । सुविधासम्पन्न भारतमा गएर लाखाै बाल प्रतिभालाइ चुनाैति दिदै फाइनलमा पुग्नु नै ठुलाे सफलता मानिएकाे छ ।

भारतीय टेलीभिजन च्यानल जिटिभीको सारेगम लिटल च्याम्सको २०१९ को संस्करणमा सहभागी नेपाली बालप्रतिभा उत्कृष्ट नतिजा हासिल गर्दै आज नेपाल फर्केका छन्। सारेगमप लिटिल च्याम्सका लाखाै बाल कलाकारलाइ उछिन्दै उनिहरू टप ६ मा अटाएका थिए । टप ६ बिच भएकाे फिनालेबाट प्रितम तेस्राे र आयुश चाैथाे स्थान हासिल गर्न सफल भएका हुन । अडिसनबाटै उच्चकाेटिकाे प्रस्तुति दिएका नेपालका बाल गायकले जज, जुरी जज तथा कार्यक्रममा उपस्थित अतिथी हरूकाे समेत मन जित्न सफल भएका थिए । उपाधी जित्न नसकेपनि सारेगमप जस्ताे ठुलाे स्टेजमा उभिएर फाइनलिष्ट हुनु नै ठुलाे उपलब्धी भएकाे धेरैकाे धारणा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *