श्रीमती र श्रीमानबीच कसरी गर्ने खुलेर यौनका कुरा,पढ्नुस्

श्रीमती र श्रीमानबीच कसरी गर्ने खुलेर यौनका कुरा,पढ्नुस्

कतिपय श्रीमान् श्रीमती पनि एक आपसमा यौनका बारेमा कुराकानी गर्न लजाउँछन् ।श्रीमान् र श्रीमतीबीच यौनका बारेमा खुलेर कुरा गर्न सकियो भने यौन स्वास्थ्यप्रति सचेत हुन सकिन्छ । तर यौनका बारेमा खुलेर कुरा गर्नुपर्छ भन्दैमा जुन सुकै समयमा यस्ता विषयमा कुराकानी गरे त्यसले सकारात्मक भन्दा नकरात्मक सोच र असर गर्ने यौन विज्ञहरुको मत छ ।

आज हामी तपाईंहरुलाई श्रीमान् र श्रीमती बीच यौनको बारेमा कुरा गर्दा कस्तो समय र कसरी कुरा गर्दा सबै भन्दा उपयुक्त हुन्छ र कुन समयमा हानिकारक हुन्छ भन्ने बिषयमा जानकारी गराउँछौं ।यस्तो ठाँउ रोज्नुस् ताकी कसैले अवरोध नपुर्याओस् र अफ्ठ्यारो महशुस नहोस् । मोबाइल, टीभी वा गीत बजाउन बन्द भएको समयमा । आफुले बताउन चाहेको कुरा सुन्ने मुड छ की छैन विचार गर्नुस ।

उपयुक्त समयको खोजीगर्दै हुनुहुन्छ भने पहिल्यै कौतुहुलताको सिर्जना गरी सहमत गराउनुस् । जस्तो एउटा कुरा भन्नु थियो ।कुन समय कसरी कुरा गर्ने त दिनभरीको काम, तनाव र थकाई सकेर फ्रेस भई श्रीमान् र श्रीमतीसँगै बेडमा जानुअघि कुरा घुमाई फिराई हतार नगरी अनेक बहानाबनाएर कुरा शुरुवात नगर्नुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *