भुकम्प गएरै छोड्छ मलाई जेल हाले हाल फेरी पनि भन्छु- अर्जुन क्षेत्री भिडियो

भुकम्प गएरै छोड्छ मलाई जेल हाले हाल फेरी पनि भन्छु- अर्जुन क्षेत्री भिडियो

फेस रिडर अर्जुन क्षेत्रीले नेपालको पश्चिमी र दक्षिणी क्षेत्रमा फेरी एक पटक ठूलो भुइचालो जाने भन्दै सतर्क रहन आग्रह गरेका छन् । उनले बाँकेको नेपालगन्ज, रुपन्देही वा दागं केन्द्रविन्दु भएर ठूलो भुकम्प जानसक्ने भन्दै सचेत रहन आग्रह गरेका हुन् । उनले नेपालमा यस अघि भएको जहाज दुर्घटनाका बारेमा पनि आफुले सजग बनाएको बताए । म धेरै बोल्छु त्यही भएर मेरो कुरा धेरैले विश्वास गर्दैनन् उनले भने तर जव पुरा हुन्छ अनि विश्वास गर्नुहुन्छ।

उनले जेठ देखि असोज महिना भित्रमा २०७२ सालमा गएको जस्तै ठूलो भुकम्प जाने दोहोर्याएका छन् । क्षेत्रीले आफुले भवितब्यका विषयमा भविष्यवाणी गर्दा ज्यान मार्ने धम्की आएको बताए । उनले भने मलाई जेल हाले हाल्नुस् तर देशमा फेरी ठूलो भुकम्प जान्छ । सतर्क रहनुपर्छ ।उनले आफु भविष्यमा हुनसक्ने खतरा बताउन सक्ने भएकाले सबैलाई बेलैमा सचेत गराउन जानकारी दिने गरेको बताए ।

भविष्यमा आउन सक्ने खतराको बारेमा बताउँदा आफुलाई ज्यान मार्ने धम्की आएको उनले बताए । तर त्यस्ता धम्कीसंग आफु नडराउने उनको भनाई छ । उनलेभ भने अहिले मैले भनेको कुरा लेखेर राख्नु जुन दिन पुरा हुन्छ त्यो दिन सम्झनुहुनेछ । उनले वारा र पर्सामा आउनसक्ने हावाहुरीका बारेमा आफुले पहिले नै बताएको बताए । त्यतिबेला मलाई सबैले पागल भने सिताराम कट्टेल धुर्मुस बारा पुगे पछि मलाई फोन गरेर भन्नुभयो । भाई तिमीले भनेको कुरा पुग्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *