कम्युनिष्ट सरकारले दोस्रो बजेटमा पनि कर्णाली तथा सुदुर पश्चिम प्रदेशलाई पछार्यो- केन्दिय सदस्य कुवँर

कम्युनिष्ट सरकारले दोस्रो बजेटमा पनि कर्णाली तथा सुदुर पश्चिम प्रदेशलाई पछार्यो- केन्दिय सदस्य कुवँर

प्रेस संगठन नेपाल केन्द्रिय सदस्य राजेन्द्र कुँवर। उत्पीडित क्षेत्रका जनताको जीवन स्तरमा आमूल परिबर्तन गर्ने कसम खाएको दुइतिहाइको नजिकमा रहेको कम्युनिस्ट सरकारको दोस्रोपटकको बजेट प्रस्तुत हुदा कर्णाली तथा सुदुर पश्चिम प्रदेशका आम नागरिकलाइ कागलाइ बेल पाक्यो हर्ष न बिस्मत भएको छ ।जेठ १५ गते संघीय सरकारका अर्थ मंन्त्री युवताज खतिवडाले प्रस्तुत गरेको आगामी आर्थिक बर्ष ७६/७७ को बिकास बजेटमा मानव सुचाङ्क्मा पछि परेको सुदुर पश्चिम् र कर्णाली प्रदेशको भावना अनुरुपको बजेट नभएको त्यस क्षेत्रका अर्थबिद र राजनीतिकर्मीको तर्क रहि आएको छ ।कम्युनिस्टहरुले बर्गिय उत्पीडनका आधारमा अवसरलाइ बिभाजन गरेर सन्तुलित भौतिक तथा मानबिय बिकासलाइ अगाडी बढाउने मुल्यमान्यता भए पनि बर्तमान सरकारले त्यसको धज्जी उडाएको सामाजिक तथा राजनीतिक बिश्लेसकको बुझाइ छ ।

कर्णाली तथा सुदुर पश्चिम प्रदेशका रास्ट्रीय गौरबका योजना र प्रदेश स्तरक योजनामा १५ गते सार्बजनिक भएको बजेटमा कुनै कुराको असल नियतका साथ सम्बोधन नभए पछि त्यस प्रदेशका आम नागरिकमा आक्रोश बढेको छ ।आम नेपाली जनता त्यसमा पनि बिशेश गरेर भौगोलिकरुपमा बिकट भौतिक तथा मानबिय बिकासको सुचाङ्कमा पछि परेका जनताको बलिदानिपुर्ण आन्दोलनबाट स्थापित लोकतान्त्रिक गणतन्त्र र त्यसैको जगमा बनेको सरकारले नै सामन्ती सोच बिचारको आधारमा नेपाली जनताको नाममा आएकको बजेट प्रती त्यो प्रदेशका हरेक सचेत नागरिकको गुनासो रहेको छ ।सिंहदरबार ,बालुवाटार ,धुम्बाराही र प्यरिसडाडाक जुठा सीता चाट्ने हनुमान र अन्धभक्त बाहेक बिकस बाजेटको बिनियोजनमा साच्चिकै कर्णाली र सुदुर पश्चिम प्रदेशका सचेत नागरिक आक्रोशित भएका छन।शस्त्र जनयुद्ध शान्तिपुर्ण आन्दोलन कम्युनिस्ट पार्टीको संगठन निर्माणका साथै नेता कार्यकर्ताको सुरक्षा गर्नुका साथै भुमिगतकालमा कार्यकर्ता नेता नेतृत्वको भरणपोषणको समेत निकै ठुलो भारी बोकेका समेत निरास भएका छ्न प्रस्तुत। गरिएको बाजेका बारेमा सत्तारुढ दलनेकपाका प्रभाव शाली नेता सुदुरपश्चिम प्रदेशका कमान्डर भीम रावलले नै कर्णाली र सुदूरपश्चिमलाई बजेटले प्राथमिकता नदिएको टिप्पणी गरेका छन्। आफ्नै पार्टीका अर्थमन्त्रीले पेश गरेको बजेटबारे नेकपा स्थायी कमिटी सदस्य रावलले भने,‘पश्चिम सेती जलविद्युतको कुरा आएन। सेती लोकमार्ग कहाँ हरायो कहाँ पछि परेका र अगाडि जानुपर्ने क्षेत्रबाट हेर्दा टिप्पणी गर्नुपर्ने खालको छ बजेट।

नेकपाका नेता भीम रावल मात्रै होइन संघीय संसदमा कर्णाली र सुदुर पश्चिम प्रदेश बाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरु नै अधिकाँस निरास भएका छन ।
कर्णाली र सुदुर पश्चिम प्रदेशका आम नागरिकको जीवन स्तरमा परिवर्तन गर्न संघीय सरकारको बजेट आउन नसकेकोमा बिकास साझेदार संघ संस्थाका प्रमुक प्रतिनिधि र नागरिक सामाज चिन्तित बनेका छन ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) अछामका अध्यक्ष तथा रास्ट्रीय सभाका अध्यक्ष शेरबहादुर कुवर पश्चिम् सेती बुढिगंगा जलबिधुत परियोजना कर्णाली लोकमार्गको स्तर उन्न्ती सेती मार्गको काममा तिब्रता दिएर काम गरे ।
नेपाल अनि नेपाली जनताको उत्पीडित उपेक्षा गरेको ग्रामिण बास्तिको भौतिक तथा मानबिय बिकास गर्न पछाडी परेको क्षेत्र जनतालाइ बिशेष आरक्षण सहित सन्तुलित बिकास गर्न आजको आवश्यकता हो । अस्तु

Leave a Reply

Your email address will not be published. Required fields are marked *