वृद्धभत्ता तिन हजार र एकल महिलालाई २ हजार, कर्मचारीको तलब बढ्यो

वृद्धभत्ता तिन हजार र एकल महिलालाई २ हजार, कर्मचारीको तलब बढ्यो

काठमाडौँ । सरकारले आव २०७६/७७ का लागि रु १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले वृद्धभत्ता तथा एकल महिला भत्ता बढाएको छ । आगामी वर्षको बजेटमा सरकारले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई मासिक भत्ता बढाएर ३ हजार पुर्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बुधवार संयुक्त संसदमा प्रस्तुत गरेको बजेटमा हाल दिइँदै आएको भत्तामा एक हजार रकम बढाइएको हो ।यसअघि वृद्धभत्ता मासिक २ हजार रुपैयाँ थियो । १३ लाख १० हजार वृद्धहरुका लागि यस वर्ष सरकारले ३ अर्ब ९३ करोड रुपैयाँ सामाजिक सुरक्षा भत्ता विनियोजन गरेको छ । साथै सरकारले वृद्धवृद्धाहरुका लागि एक लाख बराबरको स्वास्थ्य बीमा निःशुल्क उपलब्ध गराउने भएको छ ।सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार हाल जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकालाई मासिक २ हजार रुपैयाँ, आंशिक अपांग भएकालाई ६ सय रुपैयाँ, एकल महिलालाई १ हजार, लोपोन्मुख आदिवासी जनजातीलाई २ हजार र बालबालिकालाई मासिक ४ सय रुपैयाँ दिंदै आईएको थियो । त्यस्तै सरकारले आगामी साउन १ गतेदेखि लागू हुने गरी सरकारी कर्मचारीको तलब बढाएको छ । नयाँ आर्थिक वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले सुरुको तलब व्यसिक मा राजपत्र अनंकित २० प्रतिशत र राजपत्र अंकित कर्मचारीका लागि १८ प्रतिशत तलब बृद्धि गरेको जानकारी दिए । यसबाट निजामति कर्मचारी सेना प्रहरी शिक्षकलगायत सरकारी सेवामा रहेकाहरु लाभान्वित हुनेछन्।

सामाजिक सुरक्षा कार्यक्रममा ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिक, ६० वर्ष उमेर पुगेका दलितरकर्णालीका जेष्ठ नागरिक, पूर्ण तथा आंशिक अपांगता, एकल महिला र लोपोन्मुख आदिवासीरजनजाती र बालबालिका समेटिन्छन् । सामाजिक सुरक्षा शीर्षकमा भत्ता लिने नागरिकको संख्या चालू आर्थिक वर्षको फागुनसम्म २८ लाख १४ हजार ८४ पुगेको छ ।जसमा जेष्ठ नागरिकको संख्या १२ लाख ७६ हजार १३७, एकल महिलाको संख्या ७ लाख १६ हजार ९३३, पूर्ण र आशिंक अशक्त एक लाख १७ हजार ९५, लोपुन्मुख आदिवासीरजनजाती संख्या २४ हजार २०४ तथा बालबालिका ६ लाख ७९ हजार ७१५ जना छन् । नेपालमा पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम २०५१ सालमा तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारले शुरुवात गरेको थियो ।

तत्कालिन अर्थमन्त्री स्व.भरतमोहन अधिकारीले प्रारम्भमा सामाजिक सुरक्षा कार्यक्रमअन्र्तगत ७५ वर्ष उमेर नाघेका बृद्धका लागि मासिक एक सय रुपैयाँ दिने घोषणा गरेका थिए । यो कार्यक्रम लोकप्रिय भएपछि उनै अधिकारीले २०६० सालमा सो रकम बढाएर १७५ रुपैयाँ र्पुयाएएका थिए ।२०६५ सालमा माओवादी सरकारका अर्थमन्त्री डा.बाबुराम भट्टराईले ५०० पुर्याए भने २०७२ सालमा एमाले अर्थमन्त्री बिष्णु पौडेलले सो रकम मासिक २ हजार रुपैयाँ र्पुयाएका थिए ।सरकारी कर्मचारीको हरेक दुईमा पारिश्रमिक पुनरावलोकन गर्ने मापदण्ड छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *