भाईरल जोडी मिडियामा बखत र प्रतिभाले पहिलो Anniversary यसरि मनाए खुशियाली -भिडियो

भाईरल जोडी मिडियामा बखत र प्रतिभाले पहिलो Anniversary यसरि मनाए खुशियाली -भिडियो

भाईरल जोडी बखत र प्रतिभाले बिबाहको एक बर्ष पुगेको उपलक्ष्यमा खुशियाली मनाए । उनीहरुले यश अवसरमा निकै रमाईला कुराकानी गरे । प्रतिभा खुलेर खुशीयाली मनाउदै थिईन, बखत अलि गम्भीर देखिए । यस अवसरमा दुबै जनाले संगै जुनि काट्ने साथ दिने बाचा समेत गरे ।

कैलाली टिकापुरको बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिमालाई मन मात्रै पराएनन् । डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे । अन्तत प्रतिभाले आफ्नो नामको अगाडी अहिले प्रतिभा चौधरी भन्न छाडेर अहिले प्रतिभा विष्ट मात्रै भन्छिन् ।आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको प्रतिभा बताउँछिन् । बखतले प्रेम प्रस्ताव राखेपछि प्रतिभाले पनि नर्कान नसकेपछि टिकापुरको यो जोडी काठमाडौँ आएर अहिले संघर्ष गरिरहेको छ । बिहे गरेको २ महिनामै परिवारले छुटाएपछी यो जोडि काठमाडौ छिरेको हो ।सो बिवाहमा यी दुबैले “पर्ख पर्ख मायालु” गीतमा नृत्य गरेको र त्यहिबाट एकअर्कालाई मन पराउन थालेको कुरा एक अन्तरबार्तामा बताएका छन् । त्यहा भेटेपछि करिब ६ महिनाको अफयर चलेको बताउने बखतको यो दोश्रो बिवाह हो भनेर पनि हल्ला चलेको छ । तर उनले यसलाई सो अन्तरबार्तामा प्रष्ट्याएका छन् । पहिलेको अन्तरबार्तामा कसैले रमाईलोको लागि भनेर भन्न लगाएको कुरालाई सबैले साचो सम्झिनु भयो

फरक फरक जात, उमेर र उचाईको कारण पनि आफुहरुको सम्बन्धलाई घरपरिवारले छुटाउन दबाब हुने सम्भावना भएकोले दुबैजनाले घर छोडेर काठमाडौ प्रवेश गरेका हुन् । अब यो जोडि तत्काल घर पनि नफर्किने सोच बनाएको छ । काठमाडौमै दुख गरिरहेको यो जोडिका बखतले डान्सबारमा डान्स गर्छन् भने महिनाको त्यस्तै ५/६ हजार कमाई हुने बताउछन् । तर पछिल्लो समय सो काम पनि छोडेको भनेका छन् । यता उनको श्रीमती प्रतिभाले भने ज्याकेट बनाउने ठाउमा काम गरेर महिनाको ६ हजार जति कमाउछन । आफुहरुको कमाईले जेनतेन काठमाडौमा खानलाउन मात्र पुगेको उनिहरुले सुनाए । कलाकार बन्ने लक्ष्य पनि बोकेर हिडेका बखतलाई यतिबेला अफरहरु पनि आउन थालेको छ । केही टेलिफिल्ममा उनले अभिनय गरिसकेका छन भने अरुमा कुरा चलिरहेको छ । भिडियो ।eparewa.com bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *