NRNA मलेसियाको छैटौ अधिवेशनको मिति तय,ज्यान जोगाएकि १३ वर्षिय बालिकालाई एक लाख सहयोग

NRNA मलेसियाको छैटौ अधिवेशनको मिति तय,ज्यान जोगाएकि १३ वर्षिय बालिकालाई एक लाख सहयोग

ईश्वर राई मलेसिया।गैर आवासीय नेपाली संघ मलेसियाले २५ मे २०१९ तारिख शनिवारको दिन खगेन्द्र न्यौपानको अध्यक्षतामा बसेको वैठकले १ सेप्टेम्वर २०१९ आईतवारको दिन छैटौं अधिवेशन गर्ने निर्णय गरेको छ ।

अधिवशेन अगावै २७ जुलाई २०१९ शनिवार ५ वजे सम्म एनआरएनए मलेसियाको पंजिकृत सदस्य नविकरण तथा नयाँ सदस्य लिने समय अबधि तोकिएको छ । साथै वैठकले मलेसिया एनआरएनए कल्याणकारी कोष तथा एसिया प्यासिफिक भेलामा कवुल गरिएको रकम २७ जुलाई २०१९ सम्म उठाउँने निर्णय पनि गरेको छ ।


त्यस्तै गैर आवासिय नेपाली संघ मलेसियाले पाँचथर मिक्लाजुङ–३ मा भएको हत्याकाण्डमा भागेर ज्यान जोगाएकी १३ वर्षिय सीता खजुमलाई शिक्षाको लागि रु एक लाख रुपिया सहयोग प्रदान गर्ने घोषणा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *