मलेसियामा उभौली सकेला सम्पन्न

मलेसियामा उभौली सकेला सम्पन्न

ईश्वर राई मलेसिया
आज किराँत राई यायोक्खा मलेसियाद्वारा मलेसिया स्थित ईपो राज्यमा साकेला उभौली मनाउनुको साथै किराँत राई यायोक्खाको ईपो क्षेत्रीय शाखा गठन गरेको छ ।

नब गठित क्षेत्रीय समिति राम बहादुर राईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो ।किराँत राईहरुको चाड उभौलीमा किराँत संस्कार, संस्कृति, भेषभुषा तथा साकेला नाचगान प्रस्तुति गरिएको थियो ।

उक्त कार्यक्रमको प्रायोजकहरुलाई किराँत राई यायोक्खा मलेसियाका अध्यक्ष युबराज साम्पाङले धन्यबाद पत्रद्वारा सम्मान साथै नब गठित समितिलाई सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *