भारतमा तहल्का पिट्दै नेपालका प्रितम, सलमान खानले गरे खुलेर तारिफ – भिडियाे

भारतमा तहल्का पिट्दै नेपालका प्रितम, सलमान खानले गरे खुलेर तारिफ – भिडियाे

बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाली बाबु प्रितम आचार्यको तारिफ गरेका छन् । भारतको चर्चित सिन्गिंग रियालिटी शो सरेगमप लिटिल च्याम्प्समा नेपालका प्रितम आचार्यको तारिफ सलमान खान र कट्रिना क्याफले गरेका हुन् । सरेगमापा लिटिल च्याम्प्समा तहल्का मच्चाएका प्रितमलाई सलमानले चर्चित गायक उदित नारायण झा संग तुलना गरेका हुन् भने बल उदितनारायण भनेर तारिफ गरेका हुन् ।

पछिल्लाे समयमा धेरै नेपालीहरू देश बिदेका बिभिन्न रियालिटि शाेमा सहभागीता जनाउदै सबैकाे मन जित्न सफल भएका छन । उसाे त क्षमता भएर पनि गुम्सिएर बसेका धेरैलाइ पहिचान गर्ने ठुलाे माध्या बनिरहेका छन रियालिटी शाेहरू । त्यस्तै बिशेषगरि छिमेकि देश भारतमा हुने बिभिन्न शाे मा नेपालीहरूले समेत सहभागिता जनाउदै अाफ्नाे हुनर देखाइरहेका छन । चाहे त्याे सिंगिङ, डान्सिङ शाे हाेस चाहे कुनै अरुनै । यतिबेला भने भारतमा नेपालका दुइ बाल कलाकारले जाेडदार प्रस्तुति दिदै सबैकाे मन जितिरहेका मात्रै छैनन देशकाे नाम समेत चिनाइरहेका छन ।

नेपालको इटहरीका ११ बर्षीय प्रितम आचार्य यति बेला देश विदेशमा निकै चर्चाको पात्र बनेका छन । उनको गायकीको फ्यान यतिबेला भारतमा पनि निकै बढेका छन् । उसो त अडिसनमै सोनु निगमको आवाजमा रहेको बोर्डर फिल्मको ‘कि घर कव आओगे’ गीत गाएर सबैको मनमा बस्न सफल भएका थिए । भारत पाकिस्तानको सिमानामा आधारित फिल्म बोर्डरमा समाबेस यो गीत निकै चर्चित गीत हो । जी टिभीको युट्युब च्यानलमा राखिएको कार्यक्रमको सानो प्रोमोमा यो हप्ताको एपिसोडमा सलमान खान र कट्रिना क्याफ अतिथि रहेको जानकारी आएको छ भने उक्त भिडियो क्लिपमा नेपालका प्रितमले गाएको गीत पनि हाइलाइटमा राखिएको छ । उक्ति एपिसोड यो हप्ताको सनिबार र आइतबार प्रसारण हुँदै छ ।

प्रितम संगै यतिबेला टप ९ मा पुगेका नेपालका अर्का बाल कलाकार आयुष केसीले समेत आफ्नो गायकीबाट सबैको मन जितेका छन् । उनले पनि विभिन्न समयमा चार्टबास्टर पर्फमेन्स दिंदै सबैको नजर आफूतिर तानेका छन् । उदितनारायणलाई आफ्नो आइडल मान्ने प्रितमको चर्चापनि उदितनारायण संगै जोडेर कार्यक्रममा आउने अतिथिहरुले गर्ने गरेका छन् । भारतका चर्चित सेलिब्रेटीहरुले पनि सामाजिक संजालमा नेपालका उदयमान बाल कलाकार प्रितमको प्रसंशामा आफ्ना सब्द खर्चेका छन् । नेपालका प्रितम सहित आयुस केसीले भारतका विभिन्न ठाउँबाट आएका लाखौ बाल कलाकारलाई चुनौती दिंदै आफ्नो हुनर देखाइरहेका छन् । लाखौबाट छानिएर आएका बाल कलाकारहरु मध्ये यतिबेला टप ८ को लागि ९ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । केहि हप्ताको निरन्तर प्रतिस्पर्धीले दिएको प्रस्तुतिका आधारमा जुरीजजको मुल्यांकनको आधारमा धेरै नम्बर ल्याउने अघिल्लो चरणमा जाने गरेका छन् । नेपालका बाल प्रतिभा आयुष र प्रितम दुबैलाई विजेताको दाबेदार मानिएको छ । आफ्नो हुनर देखाइरहेका दुबैलाई हाम्रो तर्फबाट शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *