दुखत खबर! अछाममा आगलागी हुँदा करोडौँको क्षति

दुखत खबर! अछाममा आगलागी हुँदा करोडौँको क्षति

अछाम जिल्लाको ढकारी गाउँपालिका– ४ बलातामा आगलागी हुँदा ७ घर जलेर नष्ट भएका छन । शुक्रबार बेलुका गहुँगडामा नल पोल्नका लागी बालिएको आगो हावाले उडाएपछि गाउँमा आगलागी भएको हो। आगो गाउँमा सल्किँदा सात घर जलेर नष्ट भएको छ।आगलागीबाट करोडौँको क्षति भएको स्थानीय पदम बुढाले बताए। आगलागीमा परेर गोठमा बाँधिएका बाख्रा र गाई पनि मरेका छन।

आगलागीबाट वडाध्यक्ष भक्तबहादुर बुढा, ईन्द्र बुढा, मीनबहादुर बुढा, जोगी बुढा, रूजा बुढा, न्यानु बुढा, धर्म बुढा लगायतका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका छन्।ejhajhalko com bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *