नडराउ कुलमान भन्दै आयो यस्तो गीत – भिडियो

नडराउ कुलमान भन्दै आयो यस्तो गीत - भिडियो

नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशलाई उज्यालोको दिशामा डोर्याएका छन् । कुनै समय अन्धकारमा रहेको देशको अनुहारमा उज्यालोको किरण खन्याउने काम उनले गरेका हुन् । लोडसेडिङको मारमा रहेको देशलाई लोडसेडिङ मुक्त बनाउन र उज्यालो तर्फ मुलुकलाई लैजान कुलमानले गरेको कामको प्रसंशा देश विदेशमा रहेका नेपालीले गरिरहेका छन् ।

यसै क्रममा जाग कुलमान भन्दै कलाकारले गीत समेत गाएका छन् । कुलमान तिमीले गर्दा उच्च भाको छ देशको स्वाभिमान भन्दै कलाकारहरुले गीत नै सार्वजनिक गरेका छन् । निमा घिसिङ तामाङ्गले रचना गरेको गीतलाई कुलेंद्र विश्वकर्माले आवाज दिएका छन् । गीतमा कलाकार संकर बिसी, सबिन पोखरेल, पार्वती राई, दुर्गेस थापा, महेन्द्र गौतम, आशा खड्का, कजिषा श्रेष्ठ, सुरबीर पण्डित, शिवहरी पौडेल, यादव देवकोटा, र बिमल अधिकारीको अभिनय रहेको छ । उक्त गीत प्रियसी म्युजिक नामक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

जलश्रोतको धनि भएर पनि अन्धकारको मारमा छन् अझै लाखौ नेपालीहरु । देशको मुटु मानिने राजधानी काठमाडौंमा समेत १८-२२ घण्टासम्म लोडसेडिङ हुने अवस्थालाई ब्यबस्थापन गर्दै कुलमान नेतृत्वले अहिले लोडसेडिङ मुक्त नै बनाएको छ । आखिर इच्छा सक्ति मनमा छ भने विकास सम्भव छ भन्ने ज्वलन्त उदाहरण समेत हो यो । हेर्नुस यो गीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *