सपना देख्दा दिमागमा के हुन्छ ? जानकारी लिनुहोस्

सपना देख्दा दिमागमा के हुन्छ ? जानकारी लिनुहोस्

आरईएम निन्द्राको समयमा हाम्रो दिमागले सपना वा दुःस्वप्न देख्ने गर्छ । सपनाको अवधिमा हाम्रो दिमागको समग्र भाग सक्रिय हुन्छ । यसमा ब्रेन स्टेमदेखि कोर्टेक्ससम्म संलग्न हुन्छ । अधिकांश सपना आरईएम निन्द्राको अवधिमा देखिन्छ ।कोरटेक्सले सपनामा देखिने कथानक वा विषयको निर्धारण गर्छ । यसमा हामीलाई डर लाग्ने राक्षसदेखि हामीले भेट्ने मानिससम्म अथवा उडान भर्नेदेखि पौडी खेल्नेसम्म पर्छन् ।

मानिस दृश्यपक्ष एकदम बलियो भएको जीव भएकाले हाम्रो दिमागको ठ्याक्कै पछाडि रहेको कोर्टेक्सको पनि दृश्य व्यवस्थापन गर्ने हिस्सा सपनाको बेला विशेष सक्रिय हुन्छन् ।यो अवधिमा सबैभन्दा कम सक्रिय हुने भनेको फ्रन्टल लोब हो । यहीको सुषुप्तताको कारणले निन्द्रामा हामी कुनै अवरोधबिना जस्तोसुकै घटना पनि वास्तविक जसरी स्वीकारिरहेका हुन्छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *