Rip! पाँचथर घटनामा दिवङ्गत ९ जनाको रहस्य बाहिरियो

Rip! पाँचथर घटनामा दिवङ्गत ९ जनाको रहस्य बाहिरियो

काठमाडौं। पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको धारिलाे हतियार प्रयाेग गरी हत्या भएको हो । १ बालिका घाइते छिन्जि।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको पुष्टि गरे ।हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् ।

त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती तथा ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।शेर्मा र फियाक नाताले ज्वाइँ ससुरा हुन् । उनीहरुको घर २ किलोमिटर वरपर छ ।पाचँथरको मिक्लाजुङ  गाउँपालिका– ३, आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या प्रकरणको अनुसन्धानका लागि तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको पुष्टि गरे ।

घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रवक्ता डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।Bright Nepal बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *