सुन्दर र जवान देखिन चाहानुहुन्छ भन्ने ? यि घरेलु उपायहरु लगाउनुहोस्

सुन्दर र जवान देखिन चाहानुहुन्छ भन्ने ? यि घरेलु उपायहरु लगाउनुहोस्

सुन्दर बेदाग त्वचा हरेक महिलाको सपना हुन्छ । हरेक महिला चाहान्छन् कि अनुहारमा उमेरको असर नदेखियोस् । यदी तपाइको यस्तो इच्छा छ भने जरुर तपाईको यो चाह पूरा हुनेछ । चकलेट फेशियलले सिर्फ त्वचामा निखार मात्रै ल्याउदैन यसले चाउरीपनाको असर पनि कम गर्छ ।

चकलेट फेसप्याक हामी घरमै बनाउन सक्छौँ ?  यसको लागि यी सामग्री र विधि अपनाउनुहोस् सामग्री
१ चम्चा कोको पाउडर
१/४ पकाएर पिसेको एभोकाडो
२ चम्चा नरिवल पानी
२ चम्चा जैतुन र शीशमको तेल
बनाउने तरिका सबैभन्दा पहिले पिसेको एभोकाडोसँग सबैकुरा मिलाउनुहोस् । यसलाई पेस्ट बनाएर आफ्नो अनुहार र गर्धनमा लगाउनुहोस् ।पेस्ट सुकिसकेपछि चिसो पानीले पखाल्नुहोस् ।

कसरी गर्छ असर ?
काको पाउडरमा भएको गुणले हानिकारक रेडिकल हटाउन सहयोग गर्दछ र त्वचा ग्लो बनाइराख्दछ । त्वचालाई चम्किलो बनाउनको लागि चकलेट फेस प्याक प्रयोग गर्नुहोस् सामग्री: १/२ कप कोको पाउडर एउटा अन्डाको पहेलो भाग
१ चम्चा जैतुन वा नरिवलको तेल
बनाउने तरिका यस प्याक बनाउनको लागि सबैभन्दा पहिले एउटा कचौरामा सबै चिजलाई एकसाथ मिलाउनुहोस् । यस पेस्टलाई आफ्नो अनुहार देखि गर्धनसम्म राम्रोसँग लगाउनुहोस् । २० मिनेपछि मनतातो पानीले धुनुहोस् ।
यसले कस्तो फाइदा पुर्याउँछ ? यो फेस प्याकले हाम्रो अनुहारलाई फ्रेस बनाउँछ । यस प्याकको सहयोगले अनुहारको रुखोपन हटाउन सकिन्छ । arthadabali.com bata

Leave a Reply

Your email address will not be published. Required fields are marked *