सेती नदीमा नुहाउने क्रममा १६ बर्षिय किशोरी बगेर बेपत्ता:खोजीकार्य गर्दै

सेती नदीमा नुहाउने क्रममा १६ बर्षिय किशोरी बगेर बेपत्ता:खोजीकार्य गर्दै

दीपायल। सेती नदीमा नुहाउने क्रममा बगेर आज एक बालिका बेपत्ता भएकी छिन् । शिखर नगरपालिका–४ घर भई दीपायल सिलगढी नगरपालिका–५ घोल्तडा मामाघर घर आएकी १६ वर्षीया धर्र्माकुमारी महरा नुहाउने क्रममा बगेर बेपत्ता भएकी प्रहरी निरीक्षक कमलापति पन्तले जानकारी दिनुभयो ।

शुक्रबार केआइसिंह गाउँपालिका–५ रानागाउँका ३९ वर्षीय शिक्षक योगबहादुर रावल कालागाढस्थित सेती नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएका थिए । उनको अहिलेसम्म पत्तो लागेको छैन ।महराको नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी र स्थानीयवासीले खोजी गरिरहेका छन् । पानी धमिलो भएकाले खोजी गर्न समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *