‌खुशिको खबर! गैर आवासीय नेपाली संघ जापान अपाङ्ग मैत्री कार्य गर्न तत्पर

‌खुशिको खबर! गैर आवासीय नेपाली संघ जापान अपाङ्ग मैत्री कार्य गर्न तत्पर

ईश्वर राई। गैर आवासीय नेपाली संघ जापानले अपाङ्ग मैत्री कार्य गर्न आफुहरु तत्पर रहेको बताएको छ । गैर आवासीय नेपाली संघ जापानको आयोजनामा गरेको एक कार्यक्रममा सामाजिक अभियन्ता, अपाङ्ग अनुसन्धन तथा विकास केन्द्रका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलको जीवन संघर्ष सम्बन्धि र पर्यटन क्षेत्रमा अपाङ्गहरुको पहुच बिषयमा डकुमेन्ट्री प्रदर्शन साथै अन्तरकृया कार्यक्रममा गैर आवासीय नेपाली संघ जापानका महासचिव बुद्धिराज घिमिरेले बोल्दै गैर आवासीय नेपाली संग जापानले बिगत लामो समय देखी नै सामाजिक क्षेत्रमा काम गरिरहेको र अब अपाङ्गता क्षेत्र बिशेष योजना बनाएर काम गर्ने जनाएका हुन ।उक्त कार्यक्रम जेष्ठ २ गते सोलमारी मुरा रेष्टुरेन्ट टोकियोमा सम्पन्न भएको हो ।

कार्यक्रममा निलकण्ठ पौडेलले अपाङ्गता भएका व्यक्तिहरु सम्बन्धि सामाजीक र राष्ट्रिय दायित्व बारे बोल्दै अब हामी खुम्चिएर नबस्ने र सिङ्गो देश बदल्ने तागत हामीसँग भएकाले हामीलाई साथ लिएर कार्यक्रम बनाउन उनले आग्रह गरे । साथै अपाङ्गहरुको लागि आबश्यक ह्विल चियर र बैसाखी कार्खाना खोल्न साहायता गर्न आग्रह गरेका थिए । एनसिसि सदस्य कपिल थापाले आफूले धेरै ह्विल चियर वितरण गरिसकेको र निलकण्ठ जीले भने झै ह्विल चियर र बैसाखी कारखाना खोल्न आफू सहयोग गर्ने बताएका छन । कार्यक्रममा बिजय थकाली, नेत्र विष्ट, बुद्धि गौचन, कपिलदेव थापा, शिब प्रसाद पौडेल, देविलाल भण्डारी, कालिका थापा र पुष्कर जङ्ग थापा लगायतले आ-आफ्नो धारणा राख्दै सहयोग र सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

उक्त कार्यक्रमामा नेपाल अपाङ्ग महासंघका प्रतिनिधित्व गर्दै गणेँश प्रसाद पाण्डे,सिद्ध बहादुर वानिया क्षेत्री र हर्क बहादु तामाङको पनि सहभागीता रहेको थियो । कार्यक्रममा अपाङ्गता क्षेत्रको सहयोगको लागि संकलित रकम रू ६२००० निलकण्ठ पौडेललाई हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *