बिबाद पछि! एका एक सरकारले गर्यो सन्जालमाथि प्रतिबन्ध

बिबाद पछि! एका एक सरकारले गर्यो सन्जालमाथि प्रतिबन्ध

एजेन्सी । श्रीलंकाले केहि सामाजिक सञ्जाल बन्द गरेको छ । श्रीलंकाका सरकारले शन्देश पठाउनको लागि प्रयोग गरिने सामाजिक सञ्जाल फेसबुक, ह्वटसप लगाएतका एपसहरु अस्थाइ रुपमा प्रतिबन्ध लगाएको जनाइएको छ ।

फेसबुकमा भएको एक विवादको कारण श्रीलंकामा एक व्यक्तिमाथि कुटपिट समेत भएको थियो । अधिकारीहरुका अनुसार फेसबुकमा विवादस्पद स्टाटस पोस्ट गर्ने ३८ वर्षीय अब्दुल हमीद मोहम्मद हसमरलाई गिरफ्तार भएका थिए। श्रींलकाका अधिकारीका अनुसार शान्ती बनाउनका लागि सामाजिक सञ्जाल बन्द गरिएको हो ।

केही समय अगाडि श्रीलंकाको इस्टर पर्वमा सिलसिलाबद्ध बम विस्फोटन भएको थियो । क्रिस्चियन समूहले श्रीलंकाको मस्जिद र मुस्लिम समुदाको पसलमा ढुङ्गा प्रहार गरेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्समा उल्लेख भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *