हेर्नुहोस् यसरी गरियो! शताव्दी पुरुष सत्यमोहनको सम्मान

हेर्नुहोस् यसरी गरियो!  शताव्दी पुरुष सत्यमोहनको सम्मान

शताव्दी पुरुष सत्यमोहन जोशीलाई नगरपरिक्रमासहित सम्मान गरिएको छ । उनलाई बग्गीमा राखेर ललितपुर नगरका बिभिन्न स्थान परिक्रमा गराइएको हो ।

बग्गीको सवारीअघि उनको घरमा परिवारका सदस्य, आफन्त र सर्वसाधारणले फूलमाला, खादा र टीका लगाइदिएर आशिर्वाद लिएका थिए । साथै राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देश पनि उनलाई हस्तान्तरण गरिएको थियो ।जोशीसँगै बग्गीमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु पनि बसेका छन् ।

जोशी दौरा सुरुवाल, टोपी र दूबोको मालामा सजिएका छन्।नगरपरिक्रमा कार्यक्रममा स्थानीयबासीका साथै नेपाली सेनाको ब्यान्ड टोली, विद्यार्थी, स्काउट, कर्मचारी, राजनीतिक दलका नेताहरुको उल्लेख्य उपस्थिति छ । अनलाईन खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *