जानकारीका लागि सेयर गरौ! एकै कार्यक्रममा दुई नेपाली डकुमेन्ट्री जापानमा प्रदर्शन हुने

जानकारीका लागि सेयर गरौ! एकै कार्यक्रममा दुई नेपाली डकुमेन्ट्री जापानमा प्रदर्शन हुने

ईश्वर राई – जापानको टोकियो स्थित सोलमारी मुरा हलमा २०१९ मे १७ तारिख शुक्रवार एन आर एन ए जापानको आयोजना हुने एक कार्यक्रममा नेपाली २ डकुमेन्ट्री प्रदर्शन हुने भएको छ।

“पर्यटनमा अपाङ्गता भएका ब्यक्तिहरुका लागि पहुँच” भन्ने मुल नारा रहेको कार्यक्रममा नेपाल राष्ट्रिय अपाङ्ग अनुसन्धन तथा बिकास केन्द्रका केन्द्रीय अध्यक्ष निलकण्ठ पौडेलको जिबन संघर्ष र पर्यटकिय क्षेत्र नेपालको बिविधता समेटिएको बृत्तचित्र Visit Nepal-2020 प्रदर्शन हुने भएको हो ।यस कार्यक्रमको जानकारी दिदै एन आर एन ए जापानका अध्यक्ष टासि वाङदी लामाले यो बिगतको कार्यक्रम भन्दा पृथक रहेको र कार्यक्रमका लागि नेपाल अपाङ्ग महासंघका प्रतिनिधित्व गर्दै निलकण्ठ पौडेल ,गणेँश प्रसाद पाण्डे,सिद्ध बहादुर वानिया क्षेत्री र हर्क बहादु तामाङको सहभागीता रहने बताए ।

डकुमेन्ट्री प्रदर्शन पश्चात यसै बिषयमा अन्तकृया कार्यक्रम पनि रहेको लामाले बताए ।यस कार्यक्रमको मुख्य उद्देश्य आपाङ्गता सम्बन्धी समाजीक दायित्व र जनचेतना अभिबृद्धि गर्ने साथै नेपाल पर्यटन बर्ष २०२० लाई प्रबर्द्धन गर्ने रहेको निलकण्ठ

पौडेलले बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *