माटाे खन्दा सुने भेटियो,पूर्व उपप्रधानमन्त्री रावलले निरिक्षण पछि यस्तो भने

माटाे खन्दा सुने भेटियो,पूर्व उपप्रधानमन्त्री रावलले निरिक्षण पछि यस्तो भने

त्रिपुरा सुन्दरी बहुमुखी क्याम्पसको नव निर्माण भईरहेको भवनको जग उत्खनन् गर्ने क्रममा भेटिएका सुनचाँदी अछाम मै राख्न पाउनु पर्ने स्थानियले माग गरेका छन । मंगलवार साँफेबगर नगरपालिका वडा नं २ स्थित श्रीकोटमा आयोजित पुरातात्तिवक संग्राहलय विभागका अधिकृत र साँफेबगर नगरपालिका नगर प्रमुख कुल बहादुर कुँवर सहित बसेको छलफलमा अधिकाशं सहभागिले श्रीकोटमा भेटाएका सुनचाँदीलाई सुरक्षित राख्नका लागि संग्रहालयको स्थापना गर्नु पर्ने, सुनचाँदी भेटाएका स्थानको अध्ययन अनुसन्धान गरि अस्थायी प्रहरी चौकि स्थापना गर्नु पर्ने माग राखेका छन ।

पुरातात्तिवक संग्राहलय विभाग अधिकृत काजी प्याकुरेलले नेपालको कानुनी प्रक्रिया अनुसार नेपाल भरी भेटाएका सुनचाँदी पुरातात्वतिक विभागको स्वामित्व रहने बताउनुभयो । तर स्थानीय सरकारले संग्राहलको स्थापना गरेको खण्डमा उक्त सुनचाँदी जिल्ला मै राख्न सकिने बताउनुभयो ।उत्खनन् र कामदारबाट हाल सम्म ५०५ ग्राम सुन र ३ हजार ३ सय ४१ ग्राम चाँदी फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक जनक बहादुर शाहिले जानकारीदिनु भयो । कामदारले केही दिन अघि खर खजना तथा सुन चाँदीका गहना फेला पारे पनि भागवन्डामा कुरा नमिले पछि बैशाख १९ गते कुरा बाहिर आएको थियो । उक्त विषयलाई लिएर सोहि दिन ८ जनालाई नियन्त्रण लिई अनुसन्धान गरिरहेको प्रहरी जनाएको छ ।

भीम रावलले गरे अवलोकन
यसैबीच नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले सुन भेटिएको श्रीकोटस्थित त्रिपुरा बहुमुखी क्याम्पस भवन निर्माणस्थलको स्थलगत अवलोकन गरेका छन् ।सुन भेटिएको स्थानको निरीक्षणपछि नेता रावलले पुरातात्विक गहनाको संरक्षणका लागि श्रीकोटमा सङ्ग्रहालयको स्थापना गर्नुपर्ने बताए । त्यसका लागि आफूले पहल गर्नेसमेत उनले बताए । उनले श्रीकोटमा पुरातत्व विभागको नियमअनुसार जिल्लामा नै उक्त सुनचाँदी राख्नका लागि पहल गर्नेसमेत बताए ।वि.सं. १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उहाँको प्रभावलाई नष्ट पार्न र सिञ्जाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यसबेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयवासी बताउँछन् । पछि गएर स्थानीयवासीले श्रीकोट भन्न थालेको उक्त स्थानमा परापूर्वकालका सुनचाँदीका धातुका गरगहना फेला परेको हुनसक्ने बताइएको छ । वि।सं। १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *