नेपाली युवाको ३ विश्व रेकर्ड देखेर दुनियाँ नै चकित – भिडियो

नेपाली युवाको ३ विश्व रेकर्ड देखेर दुनियाँ नै चकित – भिडियो

मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रो पटक गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाई सकेका नेपाली युवा दिनेश सुनारको चर्चा देशमा मात्र होइन संसार भर हुने गरेको छ । हेर्दा सामान्य लागेपनि निकै जटिल र जोखिमपूर्ण मानिने पार्कर कला नेपालमा थोरै संग छ । यस्तो जोखिममा पनि देशको नाम संसारभर चिनाउन संघर्ष गरिरहेका दिनेश भन्छन ‘एक दिन पार्करकै माध्यमबाट देशलाई चिनाउनेछु’

तिन पटकसम्म आफ्नो नाम दर्ता गराइसकेका नेपालकै पहिलो पार्कर खेलाडी समेत रहेका सुनारको स्थायी घर खोटाङ हो । करिब १५ वर्षदेखि निरन्तर पार्कर खेलको विकासमा लागेका छन् । करिब सात वर्षदेखि नेपाल सशस्त्र प्रहरी बल खेलकुद शाखामा जिम्न्यास्टिक खेलाडीको रुपमा कार्यरत उनी आफ्नो नशा–नशामा पार्कर रहेको बताउँछन् । आफ्नो एकमात्र चाहना पार्करलाई नेपालमा स्थापित गर्नु रहेको उनी बताउँछन् । जिम्न्यास्टिक हुँदै पार्करसम्म आइपुगेका उनले योभन्दा पहिला दुईवटा विधामा विश्व रेकर्ड राख्न सफल भैसकेका छन् ।

पछिल्लो समय पार्करमा नेपाली युवाहरुको चाँसो बढ्दै गएको बताउदै आफुलाई निकै कुसी लागेको समेत सुनारले बताए । घर परिवारबाट यो क्षेत्रमा लागेपछि त्यति खुसि नभएपनि उनि आफुले देशको लागी खेल्न पाउदा आफुलाई सन्तुष्टि मिलिरहेको बताउछन् । सशस्त्रबाटै राष्ट्रियस्तरको जिम्न्यास्टिक खेलेका उनले स्वर्ण पदक पनि पाइसकेका छन् । आफूले सन् २०१७ मा एक मिनेटको समयमा ३६० डिग्रीको रोटेसनमा १८ पटक ‘द मस्ट ट्विस्टिङ ब्याक फ्लिप वाल इन’ गरेर पहिलो र २०१८ मा ३० सेकेन्डमा १६ पटक ‘ब्याक फ्लिप’ गरेर अर्काे रेकर्ड राख्न सफल भएको जानकारी दिए । गत जनवरीमा अमेरिकामा भएको पार्कर प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै पुगेका सुनार विभिन्न देशका ८० प्रतियोगीमध्ये ८ आंै स्थानमा पुग्न सफल भएका थिए ।
भिडियो हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *