दोस्रो पटक भयो प्रचण्ड र सीता विवाह

दोस्रो पटक भयो प्रचण्ड र सीता विवाह

नेपाल कम्यूनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँको धर्मपत्नी वैवाहिक बन्धनमा बाधिएको आज ५० औँ वर्ष भएको छ । सो अवसरमा प्रचण्डले पत्नी सिता दाहालसँग पुनः विवाह गर्नुभएको छ ।

प्रचण्डले सीता संग विवाह भएको ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह गर्नुभएको हो । उहाँहरूकाे २०२६ साल वैशाख २६ गते विवाह भएको थियो । उहाँहरुको ४ सन्तान थिए जस मध्ये दुईसन्ताको मृत्यु भईसकेको छ ।

विवाह समारोहमा प्रधानमन्त्री ओलीबाहेक उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, नेकपाका सचिवालय सदस्यहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोख्रेल, रामबहादुर थापा, महासचिव विष्णु पौडेल, समाजवादी पार्टीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव लगायतका अन्य नेताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *