दोस्रो पटक प्रचण्डले गरे विवाह !बेहुला बन्दा यस्तो देखिए (फोटो फिचर)

दोस्रो पटक प्रचण्डले गरे विवाह !बेहुला बन्दा यस्तो देखिए (फोटो फिचर)

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि दोस्रो पटक आज विवाह गरेका छन् । पत्नी सिता दाहालसँग विवाह गरेको ५० वर्ष पुगेको वर्षगाँठको अवसर पारेर प्रचण्ड दम्पतीले आज विवाह गरेका हुन् ।प्रचण्डका आफन्त तथा शुभचिन्तकहरुले विवाहको ५०औं वर्षगाँठ मनाउँदा तनावले असामान्य देखिएकी सीताको स्वास्थ्यमा सकारात्मक सुधार आउने सल्लाह दिइएअनुसार प्रचण्डको पुनः विवाह कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा विभिन्न दलका शिर्ष नेताहरुलाई आमन्त्रण गरिएको थियो । पत्नी सीता दाहालसँग विवाह गरेको ५० वर्ष पुगेको अवसरमा प्रचण्डले फेरि दोस्रो पटक विवाह गरेका हुन् पत्नीलाई रिफ्रेस गराउन प्रचण्ड सीतालाई लिएर केहि समय अघिमात्र सिन्धुपाल्चोकको सुकुटे बिच पुगेका थिए । सीताको स्वास्थ्यलाई लिएर निकै चिन्तित प्रचण्ड उनको लागि विभिन्न कृयाकलाप गरिरहन्छन् ।

उक्त विशेष समारोहमा विभिन्न दलका शिर्ष नेताहरुलाई निम्ता मान्न पुगेका थिए । समारोहमा नेकपाका नेता तथा कार्यकर्ता, अन्य राजनीतिक पार्टीका नेताहरुको, कुटनीतिक नियोगका उच्चपदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । २०२६ साल वैशाख २६ गते विवाह गरेका प्रचण्ड र सीताबीच आज दोस्रो पटक विवाह भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *